किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नगर प्रमुख आचार्यको निर्देशन
पाेखरा | भदौ २६, २०८१
पोखरा: निजी स्वास्थ्य संस्था मार्फत किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी क्षेत्रको परिवार योजना पद्धतिलाई परिमार्जित गरी विस्तार गर्ने लक्ष्यले सञ्चालित मोमेन्टम परियोजनाको प्रभावकारी कार्यान्वयन सम्बन्धमा समन्वयात्मक छलफल गरिएको छ।
किशोर किशोरी तथा युवा युवतीहरूलाई गुणस्तरीय परिवार योजना सेवाका अवरोधहरू हटाउने, परिवार योजना पद्धतिलाई परिष्कृत गरी विस्तार गर्ने, परिवार योजना सम्बन्धी संलग्नतालाई दिगो र व्यवस्थित बनाउन सकारात्मक र सक्षम वातावरण तयार गर्ने यसको प्रमुख उद्देश्य रहेको छ।
सेवाग्राही–केन्द्रित गुणस्तरीय परिवार योजना सेवालाई दिगो रूपमा उपलब्ध गराउनका लागि निजी क्षेत्रका स्वास्थ्य संस्थाहरू र फार्मेसीहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गर्न यस योजनाले सहायता प्रदान गर्ने विश्वास गरिएको छ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगको आर्थिक सहयोगमा यो योजना गण्डकी प्रदेशका ७ जिल्लाका ११ पालिकाहरूमा सञ्चालित छ। पोखरा महानगरपालिकाका १ हस्पिटल, ४ पोलिक्लिनिक, १ क्लिनिक र २३ फार्मेसी गरी २९ वटा निजी स्वास्थ्य संस्थाहरूमा यो योजना लागु छ।
नेपाल सरकारको प्रमुख प्राथमिकतामा रहेको जन स्वास्थ्यका कार्यक्रमहरू मध्ये किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रम एक महत्त्वपूर्ण कार्यक्रम हो ।
किशोर किशोरीहरूलाई सहज रूपमा आफ्ना समस्याहरू राख्न र स्वास्थ्य संस्थाबाट प्रदान हुने प्रजनन स्वास्थ्य लगायतका अन्य स्वास्थ्य सेवा लिन उपयुक्त वातावरण तयार गरी सेवाको पहुँच बढाउन “किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७९” समेत जारी भई कार्यान्वयनमा रहेको छ ।
यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सरोकारवालाहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निर्देशन दिनुभयो । नागरिकले पाउनु पर्ने स्वास्थ्यको अधिकार प्रत्याभूतिमा सरोकारवालाहरू थप जिम्मेवार बन्नु पर्ने उहाँले बताउनुभयो।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको समन्वय तथा मोमेन्टमद्धारा आयोजित कार्यक्रम स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महानगरका जनस्वास्थ्य निरीक्षक सत्यराज साँखीले गर्नुभएको थियो ।
काठमाडौं। प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको सबैलाई धन्यवाद द...
गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछाडी पार्दै ...
काठमाडौं: देशका केही भू-भागमा आज मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

