मेयरको आ–आफ्नै चाला: यता ‘खर्बुजा’ बोक्दै उता ‘ढुङ्गा’
कास्की | असार २९, २०७९

पोखरा : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टी र स्वतन्त्र उम्मेदवार (जनप्रतिनिधिहरु) ले आ– आफ्नो घोषणा पत्र अगाडी सारे । स्थानीय तहको निर्वाचनलाई दलविहिन बनाउने उद्धेश्यले देशको ठुलो महानगर पोखरा महानगरपालिकामा गनेस पौडेलले पहिलो उम्मेदवारीसँगै घोषणा पत्र सार्वजनिक गरे ।
सबैभन्दा चाँसोको रुपमा हेरिएको स्थानीय तह काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका र पोखरा महानगरपालिकालाई स्थानीय तथा नेता कार्यकर्ताहरुले विशेष चाँसोका रुपमा हेरेका थिए ।
चुनावी नतिजा ठुला पार्टीले सोचे जस्तो आएन । काठमाडौँ र धरानमा स्वतन्त्र उम्मेदवारीहरुले चुनाव जित्नुले दलको भूमिका माथि प्रश्न उठेको छ । चुनावी नतिजा सार्वजनिक भएपछि दलका नेताहरु जुलुुसमा निस्कदा दुई स्वतन्त्र उम्मेदवार स्थानीयको समस्या समाधान गर्न अगाडी बढे ।
‘काठमाडौँ महानगरपालिकाको मेयरका रुपमा उदायका बालेन्द्र साह ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्न लागे र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई पानीको मुहान खोज्न । तर पाँच दलीय गठबन्धनबाट चुनाव जितेका पोखरा महानगरका मेयर धनराज आचार्यको कार्य शैली भने फरक छ ।
मेयर भएकै कारण पछिल्लो समय एउटै तुलोमा जोखिन थालेका छन् । चुनाव सकिएको दुई महिना बितेसँगै आम नागरिकको पक्षमा कुन मेयरले कति काम गरे । भन्दै गफिन नागरिकहरु थालेका छन् ।
मतपरिणाम सार्वजनिकपछि धरानका मेयर स्थानीयसँग खानेपानीको मुहान तिर लाग्दा पोखराका मेयर विजय जुलुस र कर्मचारीको जन्मोत्सवको केक काट्न व्यस्त देखिन्थे । तर उनको एजेण्डा भने पोखरालाई नयाँ परिचय दिने घोषणा गर्दै आए थिए ।
चुनावी मैदानमा आउँदै गर्दा धरानका मेयर हर्क साम्पाङ राईले धराने जनतालाई पानी खुवाउन नसकेसम्म आफुले चुनावमा विजय भएको अर्थ नहुने तर्क गरेका थिए । त्यसैले उनी यति खेर कार्यालय समयपछि लगातारको श्रमदानपछि धरानमा पानी ल्याउन सफल भएका छन् ।
यतिबेला उनको गिट्टी कुट््दै गरेको र ढुंगा काधमा बोकेको फोटो भाइरल छ । उनको उक्त कार्यलाई अहिले सामाजिक सञ्जालमा समर्थन र विरोधका टिप्पणीको ओइरो छ ।
कतिले मयेर हुन् त धरानको जस्तो भनेका छन् त कतिले सस्तो लोकप्रियताका लागि सो कार्य गरेको कहल्याएका छन् ।तर उनले भने कार्यलय विदाको दिन निरन्तर श्रमदानमा व्यस्त रहेको स्पष्ट पार्दै आएका छन् । उनले अन्ततः धरान उपमहानगरपालिकाको ११ र २० वडाको सिमाना खानेपानी ल्याइछाडेका छन् ।
यता पोखरा महानगरपालिकाका मेयर आचार्यले ११ नगरसभामा बजेट पास भएपछि पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ र धरानको मेयरसँग आफुलाई तुलना नगर्न आग्रह गरेका थिए । उनले पनि पछिल्लो समय धरानका मेयर राइको देखासिखी गर्न लागेका छन् ।
कृषकको समस्या बुझ्न भन्दै पाखोबारी सम्मै जान भ्याए । अहिले उनले हातमा खर्बुजा लिएको तस्बिर भाइरल छ । मंगलबार पोखराका संञ्चार माध्यममा ‘पोखरेली मेयर कृषकको पाखोबारीमा’ नामक समाचार प्रकाशित भयाे र स्थानीय मिडियामा राम्रै स्थान जमायाेकाे छ ।
पोखरा महानगरपालिका २१ मा कृषक सम्मान तथा अनुदान वितरण गर्ने कार्यक्रममा पुगेका मेयर र कर्मचारीहरुले कृषक ज्ञानबहादुर कार्कीले उत्पादन गरेको खर्बुजा लिएर फर्केका थिए ।
सोही तस्बिरलाई लिएर अहिले नागरिकले धरानका मेयर हर्क साम्पाङ राईले ढुंगा बोकेको तस्बिर र पोखरेली मेयरले खर्बुजा बोकेको तस्वीरलाई तुलना गरिरहेका छन् । यद्यपी दवै मेयरहरु आफ्नो नगरपालिका विकासको लागि भने फरक फरक शैलीबाट लागिरहेका छन् ।
काठमाडौं: गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने विषयमा प्रमुख प्रतिपक्षी र सत्ता पक्षले आ–आफ्नो अडान कायम राखेपछि सभामुख देवराज घिमिरेले बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । संसद् भवन नयाँ...
मुस्ताङ: उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम(कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि सात अर्ब ९० कर...
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...