नेपालले एएफसी यु–२० मा भाग लिँदै
काठमाडाैं | असोज १, २०८१
काठमाडौँ: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एएफसी यु–२० एसियनकप छनोटका लागि चाइनिज ताइपेइ जाने नेपाली टोलीको बिदाइ गरेको छ ।
एन्फाद्वारा आज यहाँआयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, प्रवक्ता सुरेश शाहलगायतले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । छनोट खेलमा नेपाल समूह ‘बी’मा रहेको छ ।
नेपालको समूहमा चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया रहेका छन् ।
यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ तारिखसम्म हुनेछ । नेपालले सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसैगरी नेपालले सेप्टेम्बर २३ मा घरेलु टोली चाइनिज ताइपेइ, २५ तारिखमा उज्वेकिस्तान र २७ तारिखमा बहराइनसँग खेल्नेछ ।
नेपाली टोलीको गोलकिपरमा जियारथ शेख, क्रिशल मोक्तान र अमित टमाटा छन् । त्यसैगरी रक्षकमा सविन घिमिरे, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, रामथापा, सिमान्त थापा, आयुष तिम्सिना र दीपक थापामगर छन् ।
मिडफिल्डरमा अभिनाश स्याङ्ताङ, कुशल देउवा, लक्ष्छु थापा, सरोज दर्लामी र प्रशान्त लक्छम रहेका छन् । फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामी र समीर तामाङ छन् ।
त्यसैगरी एन्फाले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियन सिपका लागि भुटान जाने नेपाली टोलीलाई पनि सफलताको शुभकामना दिँदै आजै बिदाइ गरेको छ ।
सेप्टेम्बर २० देखि ३० तारिखसँग भुटानमा हुने उक्त प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक भुटान, श्रीलङ्का र पाकिस्तान छन् । त्यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् । नेपालले सेप्टेम्बर २१ मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
यसैगरी नेपालले सेप्टेम्बर २३ मा श्रीलङ्का र २५ मा भुटानको सामना गर्नेछ । नेपाली टोलीको गोलकिपरमा पेम्बा नुर्बु भोटे, रामबहादुर बोहरा र भक्तबहादुर परियार रहेका छन् । यसैगरी रक्षकमा शरण एसके, प्रशान्त मोक्तान, जीवन गुरुङ, सुजलमान घले, निशानराजलावत, भुवनकामी र एकराज विश्वकर्मा छन् ।
त्यस्तै मिडफिल्डरमा कृष्णबहादुर आले, जोन विष्ट, पवन पाख्रिन, सबिनय कटुवाल, अनुभव पुरी, लक्ष्मण थामी, विज्ञान खड्का, सुवास बम, एलिक श्रेष्ठ र सविनकुमार लुङ्गेली छन् भने फरवार्डमा रोहित श्रेष्ठ, सन्तोष गोङ्वा र सुजन डङ्गोल छन् ।
फरवार्डमा अनिल बम्जन, धर्वेन्दर कुँवर, धनसिंह विक, निमा वाङ्गेल तामाङ, नीरज कार्की, निराजन धामील र समीर तामाङ छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

