गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न माग

काठमाडाैं | असार ३०, २०७९

गोरखाका पहिरो प्रभावितलाई राहत र बासस्थानको व्यवस्था गर्न माग


काठमाण्डौँ:     प्रतिनिधिसभाको आजको बैठकमा सांसद हरिराज अधिकारीले गोरखाको आरुघाट गाउँपालिका–१ श्याम्चेतमा बुधबार पहिराले धेरै घर बगाएको र जनजीवनसमेत प्रभावित बनाएकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

 

आजको बैठकमा समय मागेर बोल्दै सांसद अधिकारीले त्यहाँका पहिरो प्रभावितलाई उचित बासस्थान र राहतको व्यवस्था गर्न माग गर्नुभयो । बैठकमा समय मागेर बोल्दै सांसद समिना हुसेनले अन्यायका विरुद्धमा बोल्दा विद्यार्थीहरू थुनामा राखिएको र त्यसविरुद्धमा केही विद्यार्थी आमरण अनशन बसेको सदनमा जानकारी गराउनुभयो ।

 

उहाँले स्वास्थ्य अवस्था गम्भीर भएर विद्यार्थीलाई आइसीयूमा राखिएको जानकारी गराउँदै त्यसतर्फ गम्भीर हुन सरकारसँग आग्रह गर्नुभयो । अर्का सांसद राजेन्द्रकुमार केसीले बाढी, पहिरालाई मात्रै हेर्ने विभाग नहुँदा मुलुकमा विपद्को समस्या झन् बढिरहेको बताउनुभयो ।

 

उहाँले काठमाडौँको पहाडी भू–भाग बाढीपहिराको उच्च जोखिममा रहेको जानकारी गराउँदै त्यसबाट बस्ती जोगाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

काठमाडौं:  नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेकी हुन् ।  उनी सिंहदरबार पुग्दा कर्मचारीहरुले स्व...

थप पढ्नुहोस्

काठमाडौं:  गत शुक्रबारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख १५ हजा...

थप पढ्नुहोस्

पोखरा:   हामी बनाउछौं हाम्रो देश भन्ने मुल नाराका साथ लायन्स क्लब अफ इन्फरमेशन टेक्नोलोजीले आन्दोलनको क्रममा आगलागीबाट क्षती पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीमा सिसिटीभी क्यामेरा जडान गरेको छ । गत भ...

थप पढ्नुहोस्