एमाले सचिवालय बैठक सुरु
काठमाडाैं | असोज १५, २०८१
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको एक होटलमा सुरु भएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार पार्टी केन्द्रीय कार्यालय डुबानमा परेकाले बैठक अयन्त्र आयोजना गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषयका साथै हालैको बाढीपहिरो, राहत तथा उद्धारबारे समीक्षा हुने उहाँले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको भावी रणनीतिबारे पनि छलफल हुनेछ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक जारी छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

