उपसभामुखमा भुसाल १ सय ४८ मत प्राप्त गर्दै निर्वाचित
काठमाडाैं | असार ३१, २०७९

काठमाडौं: प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित गर्दै भुसाल १४८ मत प्राप्त गरि निर्वाचित भएकी हुन् । भने प्रतिद्वन्द्वी एमालेकी भट्टराईले ९३ मत ल्याइन्।
प्रतिनिधिसभाको एउटै पदमा भुसालले दोस्रोपटकको प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन्। यसअघि भुसालले २०७४ साल चैत २ गते उपसभामुखको उम्मेद्वारमा दाबेदारि दिएका थिइन् ।
त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका उम्मेदवारसँग भुसाल पराजित भएकी थिइन्। वाम गठबन्धनबाट शिवमाया तुम्बाहाम्फे उपसभामुख बनेकी थिइन्। तुम्बाहाम्फेले २०१ मत ल्याउँदा भुसालले ५८ मतमात्रै पाएकी थिइन्।
यो बीचमा एमाले र माओवादीबीच पार्टी एकता भएर नेकपा बन्यो। साथै सभामुख कृष्णबहादुर महराले मुद्दा लागेर पदबाट राजीनामा दिए। एकै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नमिल्ने कानुन र सभामुख महरा पूर्वमाओवादीबाट भएकाले पूर्वमाओवादीबाट अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन तुम्बाहाम्फेलाई २०७६ साल माघ ६ गते राजीनामा गराइयो।
तुम्बाहाम्फेको राजीनामापछि खाली भएको उपसभामुख पद नेकपाभित्रको किचलो, संसद विघटन, नयाँ सत्ता गठबन्धनको निर्माण, बजेट निर्माण र स्थानीय निर्वाचनले करिब तीन वर्षसम्म रिक्त रहिरह्यो। मंसिरमा संघीय निर्वाचन गर्ने तयारी रहेका बेला सत्ता गठबन्धनले अकस्मात उपसभामुख चयनको प्रक्रिया अगाडि बढायो। गठबन्धनभित्र आफ्नो भागमा परेपछि कांग्रेसले भुसाललाई नै फेरि उम्मेदवार बनायो। चार वर्षअघि वाम गठबन्धनका कारण १४३ मतान्तरले उपसभामुखमा असफल भुसाल अहिले सत्ता गठबन्धनको बलमा ५५ मतान्तरले विजयी भइन्। पाँचै वर्ष उपसभामुख बन्ने प्रयास असफल भए पनि भुसाललाई चार महिनाका लागि संसदले उपसभामुखको कुर्सीमा सदन चलाउन अनुमोदन गरेको छ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...