रास्वपाको गण्डकी ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुखमा भण्डारी
पाेखरा | असोज २२, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख महेश भण्डारीले पोखराको पर्यटन र संस्कृतिको जगेर्ना गर्न आफू सदैव लागि पर्ने बताएका छन्।
मंगलबार पार्टीले आफूलाई गण्डकी प्रदेशको ‘पर्यटन तथा संस्कृति विभाग’को प्रमुख नियुक्त गरेको जानकारी दिँदै उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए।
उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको रुपमा लिएको उल्लेख गरेका छन्।
‘आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रमुख रोजाईमा पर्ने गन्तव्य पोखरा प्रदेशको राजधानी समेत हो। प्राकृतिक, सांस्कृतिक र धार्मिक विविधता यो प्रदेशको सबैभन्दा सुन्दर पक्ष हुन्। यद्यपि यहाँको धार्मिक,पर्यटकीय र सांस्कृतिक पक्षको महत्वबारे हुनुपर्ने गहन अनुसन्धान, प्रचारप्रसार तथा बजारिकरणमा पुराना राजनीतिक दलहरूबाट जति हुनुपर्ने थियो त्यति भएन’, उनले भने, ‘समाज र राजनीतिका अगुवाहरूले भइरहेका गन्तव्यको व्यवस्थापन र नयाँ गन्तव्यको खोजीमा पर्याप्त चासो नदिइरहेको अवस्था छ। यस्तोमा नयाँ पुस्तालाई उनीहरूले बुझ्ने भाका र भाषामा प्रदेशमा रहेका विभिन्न धार्मिक, सांस्कृतिक र पर्यटकीय केन्द्रहरूको बारेमा बुझाउने मेरो प्रयत्न हुनेछ।'
पार्टीको गण्डकी प्रदेश समितिले उनलाई विभाग प्रमुख बन्न गत माघमा सिफारिस गरेको थियो भने पार्टीको केन्द्रीय विभागले उनलाई गत भदौ २५ गते अनुमोदन गरेको थियो।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...