सञ्चालनमा आयो, पोखराका 'ट्राफिक लाइट' (तस्बिरहरु)
पाेखरा | असोज २३, २०८१

पोखरा महानगरपालिका भित्रका मुख्य चोकहरुमा जडित टाफिक लाइट सञ्चालनमा ल्याइएको छ ।
लाइट जडान भएको झण्डै एक वर्ष पुग्न लाग्दाजिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेयले नेतृत्व गर्दै मंगलबारबाट सञ्चालनमा ल्याइएको हो ।
पाण्डेयले भर्खरै मात्र कास्की ट्राफिकको जिम्मेवारी सम्हालेकी आएकी हुन् । उनले पैदलयात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि दर्जनौ ट्राफिक प्रहरी फिल्डमा खटिएको बताइन् । ‘अभ्यास होइन यो अब सिस्टम र प्रविधिले जतिसम्म धान्छ यसको प्रयोग निरन्तर नै हुन्छ ।’ उनले सुनगाभा न्यूजसँग भनिन्, ।
अहिले पैदल यात्री र सवारी चालकलाई अभ्यस्त बनाउनका लागि सकस परिरहेको छ । त्यसकारण ट्राफिक प्रहरी जेब्रा क्रसिङको लाइनमा बसेर निर्देश गरिरहेका छन् ।
पोखराको मुख्यचोक लखनचोक, सृजनाचोक, महेन्द्रपुल, सभागृह लगायतका चोकहरुमा गत वर्ष सडक विभागले ट्राफिक लाइट जडान गरेको थियो ।
यद्यपी यसलाई प्रयोगमा ल्याउन पहल गरिएपनि सवारी साधनको सन्तुलन र अप्रेशन गर्ने सफ्टवेरका कारण सञ्चालनमा आउन सकेको थिएन ।
थप तस्बिरहरु:
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...