संस्कृति जोगाउन तल्लो कोलडाँडामा 'साँस्कृतिक सन्ध्या'

कार्यक्रमबाट १ लाख संकलन

पाल्पा | कात्तिक २, २०८१

संस्कृति जोगाउन तल्लो कोलडाँडामा 'साँस्कृतिक सन्ध्या'

पाल्पाको बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा संस्कृति संरक्षण गर्ने  उद्देश्यसहित विविध साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय स्तरमा सक्रिय माउण्ट एभरेष्ट युवा क्लबले विजयादशमीको अवसरमा ‘संस्कृति र पहिचानको जगेर्ना गरौं, पुख्र्यौली इतिहासलाई संरक्षण गरौं भन्ने नारासहित सांस्कृतिक सन्ध्याको आयोजना गरेको हो ।

 

उक्त कार्यक्रमबाट करिब १ लाख संकलन भएको क्लबका अध्यक्ष दानबहादुर रानामगरले जानकारी दिए । 

 

उनका अनुसार उक्त रकम सामाजिक कार्यमा खर्चिने गरि कोषमा राखिने छ । 

 

‘हामीले हरेक वर्ष साँस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छौ । यो वर्षपनि भव्य रुपमा सफल भएको छ, उनले भने,  ‘हरेक क्षेत्रबाट र आर्थिक सहयोग गर्ने सम्पूर्णलाई क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहान्छु र उक्त रकम कोषमा राख्ने निर्णय गरेका छौं ।’

 

उनले सो कार्यक्रमले संस्कृतिको जगेर्ना गर्न मद्दत पुग्ने बताए । 

 

‘मगर भाषा, कला धर्म तथा संस्कृति विगत धेरै समयदेखि जिवितै छ, अध्यक्ष रानामगरले भने, ‘त्यसैले यो कार्यक्रमले धेरै थोरै भएपनि यसको जगेर्ना गर्न मद्दत पुग्ने विश्वास छ ।’


अध्यक्ष रानामगरका अनुसार मगर समुदायमा प्रचलित कौडा, सालैजो, चुट्का तथा झ्याउरे लगायतका नृत्यहरु स्थानीय कलाकारले प्रस्तुत गरेका थिए ।

 

सहिद केवल गाहा स्मृति खेलमैदाममा भएको कार्यक्रमको सञ्चालन विष्णु रानामगर र गुन बहादुर आलेले गरेका थिए ।

 

 


 


 

 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्