फेरियो एमालेको मेयर उम्मेदवार, पौडेलको सट्टा थापालाइ टिकट
काठमाडाैं | बैशाख १२, २०७९
पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार फेरबदल गरेको छ ।
यसअघि उक्त पदका लागि दीपक पौडेल सिफारिस भएका थिए । सामाजिक सञ्जालमा सुन चोरीको भिडियो भाइरल भएपछि एमालेले पौडेलको सट्टा कृष्ण थापालाइ उम्मेदवार बनाउने निर्णय गरेको हो । भाइरल भिडियोमा सुन पसलमा एक व्यक्तिले चोरी गरेको देखिन्छ । भिडियोमा चोरी गर्ने व्यक्ति पौडेल भएको भन्दै सामाजिक सञ्जालमा भाइरल छ ।
विभिन्न टिप्पणी हुदै आएपनि पौडेलले भने भिडियोमा देखिने व्यक्ति आफू नभएको भन्दै स्पष्टोक्ति दिदै आएका थिए । चोरी केसमा संलग्न व्यक्तिलाई मयेरको टिकट दिइएको भन्दै एक पक्षले असन्तुष्टी पोख्दै आएको थियो । अहिले टिकट पाएका कृष्ण थापा यसअघि २०५४ को निर्वाचनमा पोखराको मेयरमा निर्वाचित भएका थिए ।
उनी गण्डकी प्रदेश सभा सदस्य तथा एमालेका केन्द्रीय सदस्य हुन् । यता उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै यथावत रहेको एमाले कास्कीले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

