क्लबस्तरीय एक दिवसीय क्रिकेट:  राइजिङ फाइनलमा

पाेखरा | कात्तिक १०, २०८१

क्लबस्तरीय एक दिवसीय क्रिकेट:  राइजिङ फाइनलमा

पोखरा:    राइजिङ क्रिकेट क्लब पोखरामा जारी क्लब स्तरीय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्न सफल भएको छ । 


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी अन्तर क्लबस्तरीय एक दिवसिय क्रिकेट च्याम्पियनसिपमा राइजिङले कास्की क्रिकेट क्लबलाई ३ विकेटले हराउँदै फाइनलको यात्रा तय गरेको हो । १०३ रनको विजयी लक्ष्य पाएको राइजिङले २४.३ ओभरमा ७ विकेट गुमाउँदै १०५ रन बनायो । 


राइजिङका लागि ओपनर अनिल गुरुङले ४६ रन बनाउदै नटआउट रहे । उनले ६७ बलमा ६ चौका समेत प्रहार गरे । यस्तै विमल विक्रम खत्रीले ४५ रनको योगदान दिदैँ आउछ भए । उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । नविन पोखरेल र कृष्ण पौडेलले १÷१ रन जोडे भने निर्मल पिसी क्षेत्री, अस्विन अधिकारी, विशाल रिमाल, लोकेन्द्र गहतराज शुन्यमै आउट भए । समिर भुजेल शुन्यमा नटआउट रहे । 


कास्कीका लागि दित्य थापाले ७ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए भने विश्वास पराजुली र नितेश गिरिले समान २÷२ विकेट लिए ।


त्यसअघि टस जितेर व्याटिक थालेको कास्कीका लागि राइजिङका अन्जन केसी निकै भारी परे । उनी एक्लैले ६ विकेट लिदाँ कास्की समस्यामा परेको थियो । 


कास्की ३०.१ ओभरमा १०२ रनमा अलआउट हुन पुगेको थियो । कास्कीका लागि ओपनर सचित कार्कीले ११ रन जोडे । सफल श्रेष्ठले ७८ बलमा ५ चौकाको मद्धतमा ३४ रनको योगदान दिए । अदित्य थापाले २० बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे । 


आयुष संैन्जु ३, विश्वास पराजुली २, सुप्रल श्रेष्ठ १, अनुप पौडेल १ र सचिन यादव, नितेश गिरि, राजन बस्ने शुन्यमै पेभिलियन फर्र्किए । 


राइजिङका लागि अन्जन केसीले ८.१ ओभरमा २ मेडनसहित २० रन खर्चेर सर्वाधिक ६ विकेट लिए । जारी प्रतियोगितामा कुनै बलरले सर्वाधिक विकेट लिएको यो पहिलो पटक हो । यस्तै समिर भुजेलले ९ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिए ।  


कास्की जारी प्रतियोगितामा समुह चरणको विजेतामध्ये उत्कृष्ट टिम हो । उता राइजिङ भने हारका बाबजुत फाइनल प्रवेश गरेको टिम हो । राइजिङ उपविजेता टिम मध्ये उत्कृष्ट हुँदै फाइनल प्रवेश गरेको थियो ।


१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो । ति टिमलाई तीन समुहमा विभाजन गरि समुह विजेताहरु र उपविजेतामध्ये बाट अंक र रनरेटको आधारमा उत्कृष्ट रहने टिम सेमीफाइनमा प्रवेश गरेको थियो । प्रतियोगितामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको साथ रहेको छ । 
 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम आजदेखि सुरु हुने भएको छ।   निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन का...

थप पढ्नुहोस्

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्