काठमाडौंमा पेस्तोलसहित २४ वर्षीय खड्का पक्राउ
काठमाडाैं | कात्तिक ११, २०८१

काठमाडौं: नागार्जुन नगरपालिका-१ रानिबनस्थित खाजा घरबाट पेस्तोलसहित एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-१६ रानिबन बस्ने २४ वर्षीय अनिल खड्का रहेका छन् ।
उनलाई शनिबार राति १ थान पेस्तोल र खाली म्याग्जिन १ थानसहित प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी बिट रानिबनबाट खटिएको प्रहरीले पक्राउ गरिएका खड्कामाथि अनुसन्धान गर्दै जाँदा उनी सेनाको रामेछापस्थित खड्गदल गणमा कार्यरत सिपाही रहेको खुलेको प्रहरीले जनाएको छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...