बगर भाईखलकको ‘ग्रासरुट फुटबल प्रशिक्षण’ सुरु

पाेखरा | साउन २, २०७९

बगर भाईखलकको ‘ग्रासरुट फुटबल प्रशिक्षण’ सुरु

 

पोखरा: बगर भाईखलक पोखराले ग्रासरुट फुटबल प्रशिक्षण सुुरु गरेको छ । 

 

पोखरा महानगरपालिका १ बगरस्थित पोखराको विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनसँगै फुटबलको विकासमा सहयोग पु¥याउने उद्धेश्यसहित आइतबारदेखि ग्रासरुट फुटबल प्रशिक्षण सुुरु गरेको हो । 

 

सो प्रशिक्षणमा विभिन्न विद्यालयमा अध्ययनरत ८ देखि १६ वर्ष उमेर समुहका १ सय बढि विद्यार्थीहरुलाई प्रशिक्षण दिईने संस्थाका सदस्य तथा पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङले जानकारी दिए । उनका अनुसार मुख्य प्रशिक्षकका रुपमा फुटबल खेलाडी अन्जन देवकोटा रहेका छन् भने सहायक प्रशिक्षकमा अश्बिन गुरुङ र जनक गुुरुङले प्रशिक्षण दिनेछन् ।

 

निरन्तर चल्ने सो प्रशिक्षण हरेक हप्ता ४ दिन सञ्चालन हुने बताउदै प्रति महिना प्रशिक्षार्थीलाई जनही १ हजार दस्तुर निर्धारण गरिएको गुरुङले बताए । ‘हामीले विद्यार्थीलाई अध्ययनसँगै खेलकुदमा पनि अभिप्ररित गराउने उद्देश्यले हप्तामा ४ दिन मात्रै सिकाउने गरेका छौं, उनले भने, ‘त्यसले गर्दा विद्यार्थीको पढाईमा पनि रुचि जाग्ने हुन्छ । र प्रशिक्षार्थीले ट्रेनिङ नछाडोस भन्नका लागि महिनाको १ हजार रुपैयाँ निर्धारण गरेका छौं ।’

 

उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले  गरे । सोही अवसरमा बोल्दै मन्त्री गुरुङले सो प्रशिक्षणपश्चात खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गरेका थिए ।

 

 यसैगरि संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले स्तरीय खेलाडीको उत्पादन गर्ने उद्देश्यले फुटबल प्रशिक्षण अगाडी सारेको बताए । ‘फुटबल नेपालको लोकप्रिय खेल हो, उनले भने, अहिले युवाहरु खेल क्षेत्रमा छन् तर विदेशीन बाध्य भएका छन् । त्यसैले त्यसलाई कम गर्न अध्ययनसँगै खेकलुदमा लाग्न आवश्यक छ ।’

 

ग्रासरुट फुटबललाई संघ संस्थाको सहयोग

 

पोखरा महानगरपालिका १ बगरस्थित पृथ्वीनारायण क्याम्पसको खेलमैदानमा सुुरु भएको ग्रासरुट फुटबल प्रशिक्षणका लागि पोखरा महानगरपालिका वडा नम्बर १ को कार्यालयले २० हजार बराबरको फुटबल र पोस्टको लागि जाली सहयोग गरेको छ । 

 

यसैगरि युके निवासी राजेन्द्र गुरुङले नगद १० हजार सहयोग गरे । कास्की जिल्ला क्रिक्रेट संघका वरिष्ठ उपाध्यक्ष जिमी गुरुङले बगर भाइखलकलाई ३० थान जर्सी सहयोग गरे भने पोषिलो फुस्ट प्रालिले २० जना खेलाडीलाई लक्कीड्रमार्फत आधा केजीको पोषण वितरण गरेका थिए । 

 

ग्रासरुट फुटबल प्रशिक्षणलाई युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद गण्डकी, महानगरपालिका खेलकुद विकास समिति, पृथ्वीनारायण क्याम्पस पोखरा, अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की, दीप अस्पतालले सहयोग संस्थाका महासचिव मनकाजी गुरुङले जानकारी दिए ।

 

 

चितवन:  नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ ।  डिभिजन सडक कार्यालय चितवनका प्रमुख नाराय...

थप पढ्नुहोस्

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू...

थप पढ्नुहोस्

काठमाडौं:   गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधि...

थप पढ्नुहोस्