कास्की प्रहरीको ‘रातारात रेस्पोन्स’: करणी गरेको ५ घण्टामै  खिमबहादुर पक्राउ

कास्की | साउन २, २०७९

कास्की प्रहरीको ‘रातारात रेस्पोन्स’: करणी गरेको ५ घण्टामै  खिमबहादुर पक्राउ

पोखरा:   नाबालिकालाई जबरजस्ती करणी गरि फरार रहेका युवकलाई कास्की प्रहरीले ५ घण्टामै पक्राउ गरेको छ ।

 

पोखरा महानगरपालिका ५ लब्लीडाँडामा गत शुक्रबार राती जबरजस्ती करणी गरि ११ बजे  फरार रहेका कुश्मा नगरपालिका ६ स्थायी घरभई हाल पोखरा १३ बस्ने २४ वर्षिय खिम बहादुर बिकलाई बिहान पौने ४ बजे कास्की प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

करणी गरि फरार रहेका बिकलाई पोखरा महानगरपालिका ५ को वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए ।

‘हामीले सब फिल्ड क्लियर पारेका थियौ । आवश्यक ठाउँमा चेकपोष्ट खडा गरिसकेका थियौ, तिवारीले सुनगाभा न्यूजसँग भने, ‘प्रहरीलाई देखेपछि लुक्दोरैछ । अन्तत उसलाई ५ नम्बर वडा कार्यालय पछाडीबाट नियन्त्रणमा लिएको हौं ।’

 

उनका अनुसार अहिले पक्राउ परेका बिकलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

फोन उठायो र भन्यो 'म हरिचोकतिर छु'

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार खिमबहादुर बिक चाउमिन फ्याट्रिमा काम गर्छन् । १३ वर्षिया नाबालिका सुलोचना (परिवर्तित नाम) लाई उनले गत शुक्रबार बेलुकीपख बाहिर हावा खान (आउटिङ) जाने बहानामा फकाएर लब्लीडाँडा पुर्याए ।

 

खिमबहादुर र सुलोचनाबीच पहिल्यैदेखि बोलचाल हुन्थ्यो र चिनजान थियो । त्यही क्रममा खिमबहादुरले सुलोचनालाई ललाई फकाई गरि लब्लीडाँडा घुमाउन लगे । त्यँही मौका छोपेर जबरजस्ती करणी गरे । त्यसपछि राती पौने ११ बजे सुलोचना त्यहाँबाट उम्किइन् ।

 

उनलाई नेपाल प्रहरीलाई खबर गर्नुपर्छ भन्ने हेक्का नभएपछि आफुनिकट संस्थाका अगुवालाई घटनाबारे बेलीबिस्तार लगाइन् । उक्त संस्थाले काठमाडौं प्रहरीलाई घटना विवरण सुनायो । काठमाडौं प्रहरीबाट कास्की प्रहरीलाई घटनाबारे अनुसन्धान गर्न जिम्मा लगाइयो ।

 

घटनाबारे सबै विवरणपाएपछि कास्की प्रहरीले रातारात ‘क्विक रेस्पोन्स’ गर्याे । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक (डिएपसी) सुन्दर तिवारी नेतृत्वको टोली सुलोचनालाई सम्पर्कमा ल्यायो । र फरार खिमबहादुरको खोजीकार्यलाई रातारात तिव्रता दियो । 

 

सुलोचनाको मोबाइल नम्बरबाट फरार खिमबहादुरलाई फोन लाग्यो र उठाउँदै भन्यो, ‘म हरिचोकतिर छु ।’ त्यसपछि प्रहरी टोलीको ध्यान त्यँतातिर केन्द्रित भयो । सोहीबीच प्रहरीको टोलीले सम्भावित स्थानहरुमा चेकपोष्ट तैनाथ गरिसकेको थियो । र आवश्यक प्रहरी परिचालन गरिसकेको थियो । 

 

फरार खिमबहादुरले प्रहरीलाई देखेपछि लुक्ने गर्थे । यसरी कास्की प्रहरीलाई झुक्काउँदैं भाग्न खोजीरहेका खिमबहादुर पोखरा ५ को वडा कार्यालयपछाडी लुकिरहेको प्रहरी टोलीले चाल पायो । र नियन्त्रणमा लियो ।

 

अहिले सुलोचनालाई मनोपरामर्श दिइएको छ भने करणी गरेका खिमबहादुरलाई कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...

थप पढ्नुहोस्

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ ।  लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...

थप पढ्नुहोस्