एमक्युब ग्यालरीमा दुई विदेशीका कला प्रदर्शन
काठमाडाैं | कात्तिक १३, २०८१

काठमाडौँः नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् ।
अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला सिर्जना गर्ने अवसर पाउनुभएको हो । ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठले अक्टोबर महिनाभर इरानका चित्रकार सोमायेह सादत मिराब्वासी र अस्ट्रियाका फोटोग्राफर अनिता फुचले कला सिर्जना गरिहनुभएको जानकारी दिनुभयो ।
“उहाँहरु दुवै जना नेपालको कलाकृतिप्रति निकै उत्साहित हुनुहन्छ”, उहाँले भन्नुभयो, “एक महिनामा उहाँलेहरुले सिर्जना गरेका कला ग्यालरीमा प्रदर्शन भएका छन् ।”
फुचले ‘शीर्षकविहीन’ शीर्षकको विचार भाव फोटोग्राफीमार्फत प्रस्तुत गर्नुभएको छ भने मीराब्वासीले मनमोहक डिजिटल कला प्रस्तुत गर्नुभएको छ ।
उहाँका सिर्जनामा अनौठो दृष्टिकोण प्रतिबिम्वित भएका ग्यालरीका प्रमुख श्रेष्ठले बताउनुभयो ।
मिराब्वासीको कलामा जीवनको सुक्ष्मताभित्र पनि गहिरो अस्थित्व महसुस गराउन खोजिएको पाइन्छ ।
“उहाँको कलाले वरपर पाइने, वस्तुहरु, जनावर, बोटबिरुवा, ढुङ्गालगायतको आफ्नै असाधारण तथा अस्तित्व रहेको सन्देश दिन खोजेको छ”, उहाँले भन्नुभयो ।
गण्डकीः कास्कीको मादी गाउँपालिका-१ स्थित कफुचे(कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै कोरी जाने पदमार्गको स्तरोन्नति अघि बढाइएको छ । मादमे खोला जलविद्युत् आयोजनाको रु ३० लाखको सहयोग एवं मादी गाउँ...
काठमाडौं: सुन चाँदी व्यवसायीहरुले असार २७ गतेसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेका छन् । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि सुनचाँदीमा लगाएको कर खारेज हुनुपर्ने लगायतका माग राख्दै सुन चाँदी व्यवसा...
लमजुङ: चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी । उत...