लागुऔषधका मुद्दा बढ्दै
सुर्खेत | साउन ३, २०७९
सुर्खेत: पछिल्लो समय सुर्खेतमा लागुऔषधका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा तीन वर्षको अवधिमा लागुऔषधका १८० मुद्दा दर्ता भएका र त्यसमा सम्लग्न २९२ प्रतिवादी पक्राउ परेका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा लागुऔषधका ५२ मुद्दा दर्ता भएका र त्यसको कारोबारमा सम्लग्न छ महिलासहित ९० जना पक्राउ परेका थिए । आव २०७७/०७८ मा सोही प्रकारका ४९ मुद्दा दर्ता भएकामा कारोबारमा सम्लग्न आठ महिलासहित ६९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । आव २०७८/०७९ मा ७९ वटा मुद्दा दर्ता भएकामा त्यसमा सम्लग्न नौ महिलासहित १२३ पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले प्रहरीको सक्रियताका साथै सचेतना अभिवृद्धि गराइएका कारण धेरै मुद्दा दर्ता भएको जानकारी दिनुभयो । “पछिल्लो समय प्रहरीको सक्रियता बढेको छ”, उहाँले भन्नुभयो, “सबैतिर सचेत गराउँदै आइएको भएर पनि होला लागुऔषधको विषयमा हामीलाई सूचना आउने गर्दछ त्यसकारण सूचनाको आधारमा अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सहज भएको छ ।” प्रहरीको तथ्याङ्कअनुसार आव ०७६/७७ मा ९८ ग्राम ४३० मिलीग्राम ब्राउन सुगर, चार किलोग्राम ३२८ चरेस, ३३२ ग्राम ७३० मिलीग्राम गाजा बरामद गरिएको थियो । ७७/७८ मा ९२ ग्राम ६४० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको थियो
यस्तै ७८÷७९ मा १८७ ग्राम ९४० मिलीग्राम ब्राउन सुगर, सात ग्राम १४० मिलीग्राम ह्वाइट सुगर, २५२ ग्राम ९३० मिलीग्राम गाजाका साथै नाइट्राभेट, ट्रामोल, कोरेक्सलगायत ट्याब्लेट पनि बरामद गरिएको जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

