स्पेनमा गर्मी :  तातो हावाबाट ५ सय १० जनाको मृत्यु

काठमाडाैं | साउन ३, २०७९

स्पेनमा गर्मी :   तातो हावाबाट ५ सय १० जनाको मृत्यु तस्बिर फाइल

स्पेन  ः     स्पेनमा केही दिनदेखि गर्मी बढेको छ। तातो हावाबाट धेरैजनाको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

 

स्वास्थय मन्त्रालयका अनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने  संख्या ५ सय १० पुगेको छ। देशका विभिन्न भागको तापक्रम ४५ डिग्री  सेल्सियससम्म पुगेको छ भने गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम पनि रोकिएको छैन।

 

यही जुलाई १० तारिखदेखि गर्मी सुरु भएको हो। गर्मीका कारण यहाँको जनजीवन निकै कष्टकर बनेको छ। स्वास्थ्य मन्त्रालयले तातो हावा सुरु भएको हप्ता जुलाई १० देखि १६ तारिखसम्ममा १५० जनाको ज्यान गएको जनाएको छ।

 

त्यसयता पनि तातो हावाको असरले ज्यान जाने क्रम नरोकिएको भन्दै अधिकारीहरुले सोमबारसम्म ५१० जनाको मृत्यु भएको बताएका छन्। गर्मीका कारण ज्यान गुमाउने अधिकांश ज्येष्ठ नागरिक  छन्। उनीहरुमध्ये ३२१ जना ८५ वर्षभन्दा माथिका नागरिक हुन्। 

 

गर्मी अझै बढ्ने अनुमान गरिएको र त्यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन  स्वास्थ्य मन्त्रालयले सूचना जारी गरेको छ।  

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्