“अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु, मंसिर ७ गते रिलिज हुँदै
पाेखरा | कात्तिक २३, २०८१
पोखरा: नेपाली चलचित्र “अग्निदहनको” प्रचारप्रसार पोखराबाट शुरु भएको छ । मंसिर ७ गतेबाट हलमा प्रदर्शन हुने भएपछि सिनेमाको प्रचारप्रसारको तयारीमा निर्माण टीम जुटेको हो ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीले विहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाका विषयमा जानकारी गराइएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको सिनेमा ६ वर्ष अगाडि छायाँकन गरिएको हो ।
सिनेमाका प्रस्तुतकर्ता मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोभिदशरण उपाध्यायले कार्यक्रमको शिलशिलामा आफु धादिङ पुग्दा बोक्सीका नाम गरिएको कुकृत्यलाई देखेर सामाजिक चेतना फैलाउन सिनेमा निर्माण गरिएको बताए ।
“सुरुमा मान्छे बोक्सी हुन्न कहिल्यै किताब प्रकाशन गरिएको थियो । त्यसपछि गीत निर्माण भयो । सकरात्मक प्रतिक्रियाले पछि मात्रै सिनेमाको रुप लिएको हो ।”, उनले भने ।
सिनेमालाई अभियानकै रुपमा अगाडि बढाई देशका ५ सय भन्दा बढी ठाउँमा पुगेर प्रदर्शन समेत गरिएको उपाध्यायले जानकारी गराए । सिनेमा भोजपुरी र मैथली भाषामा समेत डब भएको छ । अब हिन्दी भाषामा डब हुन लागेको उनले बताए । उनले अग्निदहनले कमाएको रकम निर्माताको खल्टीमा नजाने र शिक्षा चेतनाकै माध्यमबाट मात्रै बोक्सी प्रथा उन्मुलन हुने उल्लेख गरे ।
निर्देशक घनश्याम लामिछानेले “अग्निदहन” मनोरञ्जनात्मक सिनेमा नभई सामाजिक चेतना प्रवाह गर्ने सिनेमा भएको बताए । पृथक सिनेमा बनाइएको र स्वच्छ भावनाले काम गरिएको सिनेमा भएकाले पनि हलमा समेत दर्शकको माया पाउनेमा उनी आशावादी छन् । सिनेमा ९० मिनेटको भएको र सिनेमा हेर्दा आफ्नै सामाजिक परिवेशको कथा भेटिने भनाई उनको छ ।
कलाकार प्रकाश घिमिरेले समाजलाई सन्देश प्रवाह गर्ने सिनेमा अभिनयका लागि रोजाईमा पर्ने र अग्निदहन सोहि सिनेमा भएको बताए । बोक्सी प्रथा विरुद्धको कथामा कलाकारिता मार्फत गासिन पाउँदा खुशी लागेको भनाई उनको छ ।
कलाकार माओत्से गुरुङले सिनेमामा अन्धविश्वासलाई प्रशय दिने खालको भूमिका आफ्नो रहेको बताए । दशैंबाट यता नेपाली सिनेमाले हलमा गरेको व्यापार सकरात्मक भएको उल्लेख गर्दै समाज सेवाका लागि बनाइएको सिनेमालाई समेत दर्शकले माया दिने उनले उल्लेख गरे ।
कलाकार प्रमिला तुलाचन सिनेमामा बोक्सीका रुपमा प्रस्तुत भएकी छिन् । अहिले सम्म नगरेको पात्रका रुपमा आफुले अभिनय गरेको जानकारी उनले गराइन् । कलाकार तुलसी क्षेत्री लोकदोहोरी क्षेत्रबाट अभिनयमा आएकी हुन् । पहिलो चलचित्र भएकाले पनि आफ्नो भूमिकाले दर्शकको मन छुनेमा उनी आशावादी छिन् ।
लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ, उर्मिला पौडेल, प्रश्निा आचार्य, माधवशरण पौडेल लगायतको अभिनय छ । सिनेमाका संरक्षक मोहनराज पौडेल हुन् । सिनेमाको गीत र टे«लर सार्वजनिक भइसकेको छ ।
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...
पोखरा: लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुर...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक&rsquo...

