बागलुङ जीप दुर्घटना अपडेट: मृत्यु हुनेहरुको पहिचान खुल्यो (नामसहित)
बाग्लुङ | कात्तिक २६, २०८१
बागलुङ: बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेहरुको पहिचान खुलेको छ ।
मृत्यु हुनेहरुमा जीप चालक जैमिनी नगरपालिका ८ का अन्दाजी ३८ वर्षीय महेन्द्र पुन, सोही स्थानकै २० वर्षीया रश्मी श्रीस, सोही ठाउँकै ५० वर्षीया नन्दकली पुन, सोही स्थानकै १७ वर्षीय निरज श्रीस र सोही गाउँकै ७५ वर्षीय कुल प्रसाद श्रीस रहेका छन् ।
यस्तै घाइते सोही वडाकै ४५ वर्षीय गंगाबहादुर श्रीस घाइते भएका छन् । उनलाई उपचारका लागि बागलुङ बजार पठाएको बताइएको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको ‘पिकअप भ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटनामा परेको थियो ।
बागलुङ प्रहरीका अनुसार उक्त जीप सडकदेखि करिब सय मिटरभन्दा तल खसेको बागलुङ प्रहरीले जनाएको छ ।
यो पनि पढ्नुहोस
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...


