फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: मर्दी हिमाल आरोहणका क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड ६२ वर्षीय लालबहादुर तामाङको शव फेला परेको छ ।
तामाङको शव मर्दी हिमालको करिब ५ हजार ४ सय मिटरको उचाईमा भेटिएको माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र)ले जानकारी दिए ।
‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव मर्दी हिमालको करिब ५ सय ४ सय मिटरको उचाईमा भेटिएको छ’, वडाध्यक्ष क्षेत्रीले सुनगाभा न्यूजसँग भने ।
उनका अनुसार आज बिहान शव खोज्न र निकाल्न नर्वेका नागरिकसहित ३ जनाको टोली काठमाडौंबाट हेलिकप्टरमा आएका थिए ।
अहिले सोही टोलीले तामाङको शव निकाल्ने तयारी भइरहेको छ भने, उक्त टिमलाई सहयोग गर्न हाइक्यापबाट ३ जना स्थानीयहरु बिहानै मर्दी बेसक्यापतर्फ लागेका छन् ।
प्रतिकुल मौसम र भौगोलिक कारण तामाङको शव निकाल्न कठिनाई देखिएको वडाध्यक्ष क्षेत्रीले बताए ।
‘मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका तामाङको शव निकाल्न प्रतिकुल मौसम र भौगौलिक कारण कठिनाई देखिएको छ’, उनले भने, ‘प्रतिकुल मौसमका कारण हेलिकप्टर फर्किसकेको छ । दुर्घटनास्थलबाट आज नै शव निकाल्न प्रयास भइरहेको छ ।’
तामाङको शव निकाल्न सके आज हाइक्यापमा राखेर भोलि मात्र पोखरा ल्याइने उनले बताए ।
‘आज नै शव निकाल्न सके हाइक्यापसम्म ल्याउन सकिएला, मौसमले साथ दिए हेलीमा राखेर पोखरा पु¥याउने योजनामा थियौं तर मौसमले साथ दिएन । पहिला शव निकाल्नतर्फ लाग्छौं अनि मात्र सल्लाह गर्छौ ।’ उनले भने ।
नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोण गर्ने योजनासहित कात्तिक २३ गते गएका तामाङको आरोहणकै क्रममा लडेर शनिबार (कात्तिक २५ गते) मृत्यु भएको थियाे।
यो पनि पढ्नुहोस
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...


