वृद्धाश्रम र मृगौला पीडितलाई युनाइटेड किङ्स क्लबको सहयोग
पाेखरा | कात्तिक २७, २०८१
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड किङ्स क्लब पोखराले देउसी भैलोबाट संकलितमध्ये केही रकम वृद्धाश्रम र मृगौला पीडितलाई सहयोग गरेको छ ।
पोखरा महानगरपालिका २७ स्थित श्रीकृष्ण प्रणाली मन्दिरमा आश्रित वृद्ध वृद्धा तथा बालबालिका लागि ५० हजार बराबरको खाद्यान्न तथा शैक्षिक समाग्री सहयोग गरेको हो ।
मन्दिरका संरक्षक कल्याण कार्की तथा व्यवस्थापन समितिका सचिव तिलकसालिक अधिकारीलाई कार्यक्रमका संयोजक थमनसिं गुरुङ क्लबका अध्यक्ष धिरज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, गण्डकी प्रदेश भलिबल संघका कार्यवहाक अध्यक्ष राजेन्द्र क्षेत्री, कास्की जिल्ला भलिबल संघका कोषाध्यक्ष बुद्ध सिंह, क्लबका सदस्यहरु लगायतले सहयोग समाग्री हस्तान्तरण गरे ।
सो अवसरमा बोल्दै मन्दिरका संरक्षक कल्याण कार्कीले क्लबको सहयोग प्रति आभार प्रकट गरे ।
उनले मन्दिर अन्तरगत सञ्चालनमा रहेको आश्रममा १० जना वृद्ध वृद्धा र १० जना बालबालिका गरी कुल २० जना आश्रित रहेको बताए ।
कार्कीले उक्त आश्रमबारे धेरैलाई थाहा नपाएकाले अन्य आश्रमको तुलनामा सहयोगीदाताहरु पुग्न नसकेको सुनाए ।
यस्तै स्याङ्जाको विरुवा गाउँपालिका २ घर भई हाल पोखरा १४ मझेरीपाटन बस्दै आएकी मृगौला पीडित शान्ति कुमारी गुरुङलाई नगद रु १० हजार सहयोग प्रदान गरेको कार्यक्रम संयोजक थमनसिं गुरुङले जानकारी दिए ।
उनले यसअघि पनि आफ्नै पहलमा संकलित रकम १ लाख ३५ हजार सहयोग गरिसकेको बताए ।
‘उहाँ विगत ७८ वर्षदेखि उपचाररत हुनुहुन्छ । उहाँको उपचारको क्रममा धेरै खर्च भइसकेको छ, उनले भने, ‘त्यसैले हाम्रो क्लबको तर्फबाट सानै भएपनि सहयोग गरेका हौं । यहाँहरुले पनि सहयोेग गर्न चाहनुहुन्छ भने दिल खोलेर सहयोग गरिदिनुहोला ।’

क्लबले तिहारको अवसरमा देउसीभैलो कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रमबाट संकलित रकम कोषमा राखिएको कोषाध्यक्ष कुमार गुरुङले बताए ।
उनले गत सालमात्रै क्लब स्थापना गरेको बताउदै एक वर्षभित्र धेरै कार्यक्रमहरु सम्पन्न गरिसकेको जानकारी दिए ।
उनका अनुसार क्लबले यसअघि रक्तदान कार्यक्रम, भेट्रान्स भलिबल प्रतियोगिता तथा विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिसकेको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

