अहिलेकै ‘सर्भर’बाट गण्डकीमा ‘इम्बोस्ड’ जोड्न ३२ वर्ष लाग्छ: प्रमुख रिज्याल
कास्की | साउन ४, २०७९
कास्की: यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले विभागबाट प्राप्त सर्भर, उपकरण र कार्यालयमा रहेका जनशक्ति उही भएको खण्डमा गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्ने बताएका छन् ।
रिज्यालले सुनगाभा न्यूजसँग बोल्दै सिमित स्रोत साधन तथा जनशक्तिका कारण सरकारले ह्वीप जारी गरे अनुरुप सवारी साधनमा इम्बोस्ड जडान गर्न नसकिने स्पष्ट पारे ।
उनले आफ्नो कार्यालयलाई उपलब्ध भएको बायोम्याट्रिक सर्भर, उपकरण र जनशक्तिको क्षमता अनुसार दैनिक ४० सवारी साधनमा मात्रै इम्बोस्ड जडान गर्न सकिने बताए । ‘विभागले जडान गरिदिएको सर्भरले एक दिनमा ४० वटा भन्दा बढि गर्नै सकिदैन । साउन १ गतेबाट सबै सवारीमा अनिवार्य जडान गर्नेबारे धम्कीपूर्ण सुचना आएको थियो, कार्यालय प्रमुख रिज्यालले भने, ‘भीडैभीड र सर्भरले ४० वटा भन्दा थाम्दैन । त्यही जनशक्ति र त्यही सर्भर हो भने गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न ३२ वर्ष लाग्दोरहेछ ।’
उनले यही वर्षभित्र जडान सम्पन्न गर्नको लागि दैनिक १ हजार ३ सयको सँख्यामा नम्बर प्लेट जडान गरिनुपर्ने बताए । ‘यदि यो वर्षभित्र सक्ने हो भने दिनमा १३ सय जडान गर्नुपर्छ । त्यसैगरि २ वर्षमा जडान सक्ने हो भने दैनिक ६ सय ५० जडान गर्नुपर्छ । जबकी हाम्रो क्षमता दैनिक ५० पनि छैन । भनेपछि त्यस्तो उर्दी फिजारेर नागरिकलाई त्रसित बनाउने स्थिति सिर्जना गर्न हुन्छ ?’ उनले प्रश्न गरे ।
रिज्यालले ताकेता लगाएरै जडान गर्न दबाद दिनु आवश्यकता नरहेको धारणा राखे । ‘हामीले पनि त्यस्तो ताकेता लगाएर जडान गर्न भनेका छैनौं । त्यो सम्भव नै छैन । हामीले जनशक्ति, सर्भर र जडान गर्ने ठाउँको व्यवस्थापन नगरेसम्म कडाई गर्दैनौं । तपाइहरु ढुक्क हुनुहोस् ।’
तत्कालै इम्बोस्ड नम्बर जडान नगरे कारवाही नहुने बताउदै रिज्यालले भने, ‘इम्बोस्ड नम्बर जडान नगरे तपाइहरुलाई कारवाही हुदैन । कारवाही गर्ने मैले हो । विभागले होइन । यातायात व्यवस्था ऐन अनुसार सवारी कारवाही गर्न अधिकार कार्यालय प्रमुखको हुन्छ । त्यसैले इम्बोस्ड नम्बरको विषयमा विचलित हुनुपर्दैन ।’
३ महिनामा ८ सय ‘इम्बोस्ड नम्बर’ जडान
गत फागुन २२ गतेदेखि जडान सुरु गरिएको बताउदै तीनमहिना बित्दा करिब ८ सयको सँख्यामा इम्बोस्ड नम्बर जडान गरिएको यातायात व्यवस्था कार्यालय कास्कीका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिए । ‘अहिलेसम्म हाम्रो कार्यालयबाट दुई र चार पाङ्ग्रे गरि लगभग ८ सय जति जडान भएको छ । मंसिर १ गतेबाट लागूहुनेगरि राजपत्रमा इम्बोस्ड नम्बर अनिवार्य गर्न भनेर आको थियो, उनले भने, ‘मन्त्रालयले हामीलाई पत्र लेख्ने बित्तिकै हामीले फागुन २२ गतेबाटै नम्बर जडान गर्न सुरु गरेका थियौ । अहिलेपनि नयाँ सवारीमा जडान त जारी नै छ ।’
कति लाग्छ शुल्क ?
सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्न दुईपाग्रे, तीन पाग्रे, चार पाग्रे र ठूला सवारीको रुपमा वर्गिकरण गरेको छ । जसअनुसार इम्बोस्ड प्लेट जोड्न दुई पाग्रेको हकमा २५ सय रुपैयाँ तोकिएको छ ।
त्यसैगरी, टेम्पोलगायत तीनपांग्रे साना सवारीमा यो प्लेट जोड्न दुई हजार ९०० रुपैयाँ र कार, जीप, भ्यान र ट्रयाक्टरलगायत चार पांग्रेलाई ३२ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । तर, चारपाग्रे ठूला सवारीको हकमा इम्बोस्ड प्लेट राख्न ३६ सय रुपैयाँ शुल्क तिर्नुपर्छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

