पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाअध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

रुकुम पश्चिम | मंसिर ५, २०८१

पुथाउत्तरगङ्गा गाउँपालिका–२ को वडाअध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित

रुकुम पश्चिम:    रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।  

नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार नेकपा एमालेका जीवन रोकाले उम्मेद्वारी फिर्ता लिएपछि माओवादी केन्द्रका घर्ती निर्विरोध निर्वाचित भएका हुन् । 


निर्वाचन तालिकाअनुसार आज उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिने समय दिइएको थियो । सोही समय सीमा भित्र  कांग्रेस र  एमालेका संयुक्त उम्मेदवार रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज विकले उम्मेद्वारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । 


उनकाअनुसार अन्य कुनै उम्मेदवार नभएपछि माओवादी केन्द्रका घर्तीलाई वडाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ । अब पुथाउत्तरगङ्गा गाउँपालिकामा उपाध्यक्ष पदका लािग उपनिर्वाचन हुनेछ । 


उपाध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्र चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट केशकुमारी तुलाचन र माओवादी केन्द्रबाट नरपुरा बुढाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत हमालले जानकारी दिए ।


नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट उम्मेद्वारी दिएका सुनिता बुढा, स्वतन्त्र उम्मेद्वार  मोहनभक्त बुढा, श्रीदेवी सुनार, भीमकुमारी पुन र कोपिला पुन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् । 


कांग्रेसबाट उम्मेद्वार बनेकी तुलाचन नेकपा एमालेको जिल्ला कमिटी उपसचिव हुन् । उनले कांग्रेसबाट रुख चिह्न लिएर चुनावी मैदानमा छिन्। 


गत भदौ २८ गते काठमाडौँबाट रुकुमपूर्व आउँदै गर्दा बागलुङमा गाउँपालिकाको गाडी दुर्घटनामा परी उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं वडाध्यक्ष जसबहादुर श्रीपालीको मृत्यु भएको थियो । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्