आमाको उपचार खर्च जुटाउन एक्लिएकी छोरीद्वारा सहयोगको याचना
पाेखरा | मंसिर ७, २०८१
पोखरा: पर्वतको जलजला गाँउपालिका ७ मिलनचोककी गंगा दर्जीलाई पाठेघरको क्यान्सर भएपछि विभिन्न चरणको उपचारका लागि भरतपुर अस्पतालमा छिन् ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन गाह्रो भएपछि परिवारले सहयोगको याचना गरेको छ ।
पारिवारिक स्रोतका अनुसार अहिलेसम्म गंगाको उपचारमा करिब ८ लाख खर्च भइसकेको छ भने, अप्रेशनका लागि थप ५ लाख लाग्ने भरतपुर अस्पतालले बताएको छ ।
आमाको उपचारका लागि सहयोगको याचना गर्न बाध्य भएको छोरी अनिता दर्जीले सुनाइन् ।
उनका अनुसार यसअघि उनको बुवाको उपचारमा पनि खर्च भइसकेको छ ।
उनले विभिन्न दाताहरुको सहयोगमा उपचार भइरहेको र बाँकी रकम जुटाउन थप याचना गर्नुपरेको बताइन् ।
‘भाई कामको खोजीमा भारतमा छ । मैले एउटा स्कुलमा पढाउने मात्रै हो । सक्ने जति जुटाएर उपचार गर्याै । अब अप्रेशनको तयारी गर्ने डाक्टरको सल्लाह छ त्यसैले सहयोगको याचना गर्नुबाहेक विकल्प भएन’, उनी पीडा पोख्छिन् ।
उनले सहयोग गर्न चाहनेहरुले अनिता दर्जीको एनएमबी बैंकको खाता नम्बर १२१०२००९४१७००१२, र राष्ट्रिय वाणिज्य बैंको खाता नम्बर ३५००१००००००४१२०३ मा जम्मा गर्न अनुरोध गरेकी छिन् ।

पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

