ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई एक लाख
काठमाडाैं | साउन ७, २०७९
सङ्खुवासभा: सङ्खुवासभाको चैनपुर नगरपालिकाले ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही रु एक लाख रुपैयाँ दिने भएको छ ।
मलामी पुगेर फर्कंदै गरेको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएका तीन जनाको परिवारलाई जनही रु एक लाख दिने निर्णय गरेको हो । नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगरप्रमुख कृष्णकुमार तामाङले जानकारी दिनुभयो ।
गत असार २४ गते मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामाङ र चैनपुर नगरपालिका –९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्र्याक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए ।
यस्तै बैठकले घाइतेमध्ये तीन जनालाई उपचार खर्चसमेत उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च बेर्होने निर्णय भएको नगरप्रमुख तामाङले बताउनुभयो । ४४ जना मलामी बोकेर फर्किंदै गरेको को २ त ३९६१ ट्र्याक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागहरू नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन् । ६ महिने अवधि पाएको आफू नेतृत्वको सरकारले निर्वाचन सफलतापूर्वक पूरा गरेको बताउँदै उनले माग सम्बोधनका ल...
पोखराः पोखरा वडा नं. ५ स्थित शान्ति निकेतन स्कूलले नयाँ सुविधासम्पन्न भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउने भएको छ । आगामी शैक्षिक सत्र २०८३ देखि नयाँ व्यवस्थापनका साथ पठनपाठनको बारेमा तथा विद्यालयको भा...
विराटनगरः नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान गरिएको छ । जाउँ है पोखरा अभियान अन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले वि...

