प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्छः प्रदेश प्रमुख गुरुङ
काठमाडाैं | चैत २५, २०७८
कास्कीः गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपाली जनताको स्वतन्त्रता एवं हितका लागि विसं २००७ यता विभिन्न समयमा भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेश प्रमुखको कार्यालयद्वारा नव वर्ष २०७९ का अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उहाँले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतन्त्रको रक्षा एवं संविधानको कार्यान्वयन सबैको साझा कर्तव्य भएको बताउनुभयो । नव वर्ष २०७९ ले सबैमा सुख, शान्ति र समृद्धि ल्याओस् भन्ने कामना गर्दै प्रदेश प्रमुख गुरुङले नयाँ वर्षमा नेपाली समाजको विविधताबीचको एकता कायम हुने धारणा पनि व्यक्त गर्नुभयो ।
यसैगरी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नयाँ वर्ष २०७९ उत्साहको वर्ष हुने अपेक्षा गर्दै आसन्न निर्वाचन भयरहितरूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयोे । उहाँले दलहरूबीचको एकता आगामी वर्षमा अझै बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो ।
शुभकामना आदानप्रदानले सत्तपक्ष तथा प्रतिपक्ष सबैलाई एक ठाउँमा ल्याउने र आपसी सद्भाव एवं भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नयाँ वर्ष राजनीतिक उत्सवको वर्ष बन्ने र संविधानप्रदत्त अधिकारको कार्यान्वयनका लागि पनि यो वर्ष सफल हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारमा मन्त्रीहरू तथा प्रदेशसभा सदस्यले नयाँ वर्षले सबैमा उमङ्ग ल्याउने अपेक्षा गर्नुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

