भक्तपुरमा सवारी दुर्घटनाः १ जनाको मृत्यु, १ को अवस्था गम्भीर

भक्तपुर | मंसिर १३, २०८१

भक्तपुरमा सवारी दुर्घटनाः १ जनाको मृत्यु, १ को अवस्था गम्भीर सांकेतिक तस्बिर

भक्तपुर:   मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएका छन् । 


यहाँबाट काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन् भने निजकी श्रीमती नवीनाको मृत्यु भएको छ । 


घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठठाघरमा उपचार भइरहेको छ । प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ ।
 

काठमाडौं:  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...

थप पढ्नुहोस्

पोखरा:   गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा  गरेको छ  ।  ...

थप पढ्नुहोस्

दाङ:  दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ ।  बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...

थप पढ्नुहोस्