पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

काठमाडाैं | साउन ७, २०७९

पूर्वी नाकाबाट कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी


काठमाडौँ:   पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

 

आर्थिक वर्ष २०७८/७९ मा यो नाका भएर रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ । सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट रु नौ अर्ब चार करोड ९० लाख ६३ हजारको सामग्री आयात भएको छ ।

 

निर्यातको तुलनामा करिब रु एक अर्ब बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री रु एक अर्ब २१ करोड नौ लाख ४२ हजार, चना, भटमासलगायतका तेलहन रु एक अर्ब ३६ करोड ५८ लाख ३४ हजार, करेला, भान्टालगायत ताजा तरकारी रु १४ करोड ८५ लाख ९२ हजार, ताजा फलफूल रु ५३ करोड ५२ लाख २४ हजार, इण्डोनेसियन सुपारीलगायत मसलाजन्य सामग्री रु पाँच अर्ब चार करोड २५ लाख २८ हजार आयात भएको छ ।

 

उहाँले सोही अवधिमा ताजा तरकारी रु छ करोड ६४ लाख ९५ हजार, सुगनकोकिला, दालचिनीलगायतका जडीबुटी रु ७० करोड पाँच लाख ३० हजार, मुसुरो दाल रु ४७ करोड ३२ लाख सात हजार, चिया रु दुई अर्ब २२ करोड ५६ लाख १५ हजार, अदुवा, अलैँची, वनलसुन रु चार अर्ब ६६ करोड ३६ लाख दुई हजार, तोरीको पिना, अम्रिसो, चामल रु ७४ करोड ८३ लाख ८४ हजार गरी जम्मा रु आठ अर्ब ३५ करोड ६५ लाख ८७ हजार बराबरको सामान निर्यात भएको बताउनुभयो । 

काठमाडौंः   नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेक...

थप पढ्नुहोस्

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ ।        एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठ...

थप पढ्नुहोस्

पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा...

थप पढ्नुहोस्