मिस मगर नेपाल बनिन् म्याग्दीकी ‘मिलन’
पाेखरा | साउन ८, २०७९
PHOTO: PREM THAPA
पोखरा: एसटी क्रियसन नेपालले आयोजना गरेको पाँचौ संस्करणको मिस मगर नेपाल २०२२ को ताज म्याग्दीकी मिलन थापामगरले जितेकी छिन् । अन्तिम चरणमा रहेका ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले सन् २०२२ को मिस मगर नेपालको ताज थापामगरले जितेकी हुन् ।
ताजसँगै उनले, नगद रु ७० हजार, हङ्कङ टुर तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । त्यसैगरि उनले बेस्ट वाक र मोस्ट ट्यालेन्टटेड अवार्ड समेत हात पारिन् ।
यसैगरि फष्ट रनरअफका रुपमा पुर्व इलामकी भावना खपांगीमगरले ताज पहिरिदै नगद रु ३० हजार प्राप्त गरिन् । सेकेन्ड रनरअपका रुपमा पाल्पाकी टुगा रानामगर घोषित हुदैं ताजसहित २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।
यसैगरी थर्ड रनरअप बन्न सफल बनेकी मीना गर्बुजा मगरले तजा र अवार्डसहित १० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । भने भ्यूवर च्वाइसको उपाधि रोश्ना बुढाथोकी मगरले जितिन् ।
कसलाई कुन अवार्ड?
प्रतियोगितामा वेष्ट फिगर शोभा पुनमगर, मोस्ट कन्फिडेन्ट मीना गर्वुजामगर, मस्ट डिसप्लेन सलिना घर्तीमगर, मोस्ट पपुलर साराङ्ग सोरालीमगर, मस्ट फ्रेण्डसिप सृष्टी फगामीमगर, वेस्ट स्माइल अवार्ड सोनु सोमारे मगर, मस्ट सर्पोटिभ अवार्ड गोमा थापामगर, वेस्ट स्कीन रोश्ना बुढाथोकी मगर, वेस्ट फोटोजेनिक भावना खपांगीमगर, वेस्ट पर्सनालिटी सलिना घर्तीमगर, मोस्ट इन्टेलिजेन्ट टुगा रानामगर बन्न सफल भएका थिए ।

मुख्य निर्णायकमा चलचित्रकर्मी मेजन पुन मगर, पत्रकार तथा अधिवक्ता मनोज घर्तीमगर, संस्कृतिकर्मी रेशम थापा मगर ‘रचक’, मिस तनहुँ २०११ की रनरअप पवित्रा थापामगर र सस्कृतिकर्मी शिव थापामगर रहेका थिए ।
विजेताहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ र मिस मगर नेपाल २०१९ को विजेताहरुले पुरस्कार प्रदान गरेका थिए ।
यसअघि सन् २०१९ मा सम्पन्न चौथो चरणको मिस मगर नेपालको ताज सनम गर्बुजाले जितेकी थिइन् ।
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...
कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् । पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

