आदर्श कपको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने (खेल तालिकासहित)
पाेखरा | मंसिर १७, २०८१

पोखरा: ६ वर्षपछि लेखनाथको भण्ढारढिकमा आयोजना हुन लागेको २५ औं सस्करणको आदर्श कपको उद्घाटन खेलमा आयोजक र एन्फा तनहुँ भिड्ने भएका छन् ।
कुल ८ टिमको सहभागिता रहने प्रतियोगितामा आदर्श युवा क्लबले आज खेल तालिका सार्वजनिक गर्दै उद्घाटन खेलमा आयोजक र तनहुँ भिड्ने जानकारी दिएको हो ।
कलबका अध्यक्ष पदम गुरुङले उक्त खेल दिनको १ बजे सुरु हुने बताए ।
अध्यक्ष गुरुङका अनुसार अर्काे दिन दोस्रो खेल नेपाल सिद्धिदल गण पश्चिम पृतना हेक्वा र सशस्त्र प्रहरी बल गण्डकी मुख्यालयबीच हुनेछ ।
यस्तै २४ गते कास्की ११ र एन्फा स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ । २५ गते नेपाली प्रहरी गण्डकी प्रदेश र एन्फा गोरखा भिड्नेछन् ।
२६ गते पहिलो सेमिफाइनल र २७ गते दोस्रो सेमिफाइनल खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए । फाइनल भने २९ गते दिउँसो १ बजे सञ्चानल गरिने छ ।
सो प्रतियोगिताको विजेताले नगद रु ४ लाख २५ हजार ५सय २५ रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेतालाई नगद रु २ लाख २५ हजार ५ सय २५ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ ।
विधागततर्फ सर्वाेत्कृष्ट हुने खेलाडीलाई नगद रु २५ हजार, ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै उत्कृष्ट प्लेमेकर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट कोचलाई जनही नगद रु १५ हजारसहित ट्रफि, मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
यो पनि पढ्नुहोस
पोखरा: एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३&n...
पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दि...
पोखरा: सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्...