चन्दा आतंक बन्द गरौंं: कास्की प्रहरी प्रमुख ओलिया

पाेखरा | पुस ९, २०८१

चन्दा आतंक बन्द गरौंं: कास्की प्रहरी प्रमुख ओलिया

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक श्यामबाबु ओलियाले कास्कीमा चन्दा आतंक व्याप्त रहेको बताउँदै यसलाई बन्द गर्नुपर्ने बताएका छन । 


मंगलबार लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एस पि ओलियाले जिल्लामा चन्दा आतंक रोेक्न व्यवसायीहरु लाग्नुपर्ने बताए । 


उनले राज्यलाई नियमपुर्वक कर तिरिरहेका व्यवसायीहरुले विभिन्न बहानामा चन्दा दिन नहुने पनि बताए ।


एस पि ओलियाले सुरक्षा र आर्थिक विकास अन्र्तसम्बन्धीत रहेको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त रहेको ठाउँमा आर्थिक क्रियाकलाप पनि फस्टाउने वताउँदै व्यवसायीहरुलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन जिल्ला प्रहरी कार्यालय कास्की सधैं तत्पर रहेको बताएका थिए ।


उनले चन्दा आतंक बाहेक पनि जिल्लामा चेक बाउन्सका मुद्धा, अनलाई स्क्याम, सवारी दुर्घटना हुने क्रम वढ्दो रहेको र जिल्ला भित्रिने नाकाहरुमा डिजिटल चेक पोष्टको आवश्यकता रहेको वताउँदै यसमा व्यवसायीहरुसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


कार्यक्रममा ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायब उपरीक्षक श्रवण कुमार वि.क.लाई पनि स्वागत गरिएको थियो । उक्त अवसरमा  लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले लेखनाथ क्षेत्रको विकासमा विगतदेखी संघले खेलेको भुमिकाको बारेमा जानकारी गराउँदै व्यवसायीहरुका विभिन्न समस्याहरुका विषयमा जानकारी गराउँदै सहजीकरणको लागी आग्रह गरेका थिए ।


यसै गरि संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दै जिल्लामा शान्ति सु–व्यवस्था राम्रो हुँदै गएको र यहि पुस १८ गतेदेखी आयोजना हुने २०औं लेखनाथ महोत्सवमा पनि सुरक्षा व्यवस्था प्रभावकारी बनाईदिन आग्रह गरेका थिए ।


संघका अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जानुका अधिकारीले र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले गरेका थिए ।       
 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्