घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

पाेखरा | माघ २, २०८१

घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

पोखरा:    घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । 


पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१० का वडाध्यक्ष गौतम गुरुङ र घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले सातौं ब्रेज मेश्रो अवार्ड प्रदान गरे । 


परियारलाई सातौं ब्रेज मेश्रो अवार्डसँगै सम्मानपत्र, दोसल्ला र नगद ५० हजारसहित सम्मान गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले जानकारी दिए ।


घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङले पकृति संरक्षणमा परियारले दिएको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको बताए । 


‘ घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्ड हामीले घान्द्रुकमा योगदान दिने विभिन्न व्यक्तिहरुलाई प्रदान गर्दै आएका छौं, उपाध्यक्ष गुरुङले भने, ‘सातौं ब्रेज मेश्रो अवार्ड हामीले यसपटक घान्द्रुकको पकृति संरक्षणमा योगदान पु¥याउँदै आउनुभएका हिमलाल परियारलाई प्रदान गरेका छौं, भौतिक विकाससँगै पकृति संरक्षणमा उहाँले दिनुभएको योगदान अतुलनिय छ ।’


उपाध्यक्ष गुरुङले घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्ड घान्द्रुकको भौतिक विकासदेखि प¥यावरण संरक्षणमा योगदान दिने व्यक्तिहरुलाई प्रदान गर्दै आएको बताए । 


घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको बे्रज मेश्रो अवार्डबाट राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ, ललित गुरुङ र चिन्तबहादुर गुरुङलाई प्रदान गरिएको छ । 


कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकका वडाध्यक्ष गौतम गुरुङ गाउँको विकाससँगै विभिन्न क्षेत्रमा दिएका योगदानको कदर गर्दै प्रदान गरिएको अवार्डले मनोवल उच्च हुने बताए ।

 
‘घान्द्रुकमा जन्मेर आफ्नो कर्मथलो विदेशमा बनाउँदै आउनुभएका घान्द्रुकका नागरिकहरुले गाउँको विकास तथा विभिन्न क्षेत्रमा उहाँहरुले दिदैं आएको योगदानको कदर गर्दै प्रदान गर्नुभएको अवार्डले मनोवल अझै उच्च हुन्छ, वडाध्यक्ष गुरुङले भने । 


कार्यक्रममा घान्द्रुक समाज हङकङका पूर्व अध्यक्ष क्याप्टेन कमल गुरुङ, ब्रेज मेश्रोम घान्द्रुक तमु समाजका अध्यक्ष गोकुल बहादुर गुरुङले बोलेका थिए । कार्यक्रम घान्द्रुक समाज हङकङका उपाध्यक्ष दिपक कुमार गुरुङको अध्यक्षता र लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । 


 

काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार एक कार्यक्रम गर्दै विश्वकप खेल्ने नेपाली टोलीलाई बिदाइ गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द र नेपाली कांग्रेसका नेता डा। सुनिल शर्माले नेपाली टोलीको बिदाइ गर्नु ...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरका मेयर धनराज आचार्यले क्वेष्ट नेपालले विद्यार्थीको गुणस्तर सुधारका लागि विद्यार्थीहरुलाई अलराउण्डर बनाएर सञ्चालन गरिने विद्यार्थी गुणीय चक्र कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने र उक्त कार्यक्रम महा...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।  नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि...

थप पढ्नुहोस्