पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुन: निर्माण हुन बाँकी
काठमाडाैं | माघ २, २०८१
विसं २०७२ को भूकम्पले क्षति पु-याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनःनिर्माण भइसकेको छ भने दुई संरचना पुन: निर्माण हुन बाँकी छ ।
उक्त सम्पदा पुन:निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । राणकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुन:निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भारत सरकारको सहयोगमा पुन:निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।
ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुन:निर्माण अघि बढेको छ ।” करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त मन्दिरको पुन:निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ ।
भूकम्पले क्षति पु-याएका केही संरचना पुन:निर्माण भइ उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरुको सामान्य मर्मत गरिएको पाटन दरबार संग्रहालयका प्रमुख सुरेशमान लाखेले बताउनुभयो ।
उहाँका अनुसार पाटनदरबारको सबैभन्दा ठूलो मन्दिरको रुपमा चिनिने देगुतलेजु मन्दिर पुन:निर्माण सम्पन्न भएको छ ।
विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भएपनि आर्थिक अभावका कारण पुन: निर्माण सम्पन्न हुनसकेको छैन । विभिन्न दाताहरुको सहयोगबाट पुन:निर्माण सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ ।
पोखरा: नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...
काठमाडौं: सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...
पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...