पोखरा महोत्सवमा बिहीबार बद्रीले नचाए, आज श्याम रानाको पालो

लाइभ कन्सर्टतर्फ 'रक हेड्स'

पाेखरा | माघ ४, २०८१

पोखरा महोत्सवमा बिहीबार बद्रीले नचाए, आज श्याम रानाको पालो

पोखरा:   संधै वियोगान्त गित गाएर दर्शकलाई रुवाउने लोक तथा दोहोरी गायक बद्री पंगेनीले १३ औं संस्करणको पोखरा महोत्सवमा भने दर्शकलाई नचाएका छन् । 

 

प्राय महोत्सवहरुमा आमा दिदीबहिनीहरुलाई लक्षित गरी प्रस्तुत हुने बद्री पंगेनीले पोखरा महोत्सवको आठौं दिन भने भिन्न शैलीमा आफ्नो प्रस्तुती राखे ।

 

भान्छे चलेन बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका पंगेनीले युवाहरु माझ लोकप्रिय बनेको चिना हेराउदा भन्ने गीत प्रस्तुत गर्दा दर्शहरु बद्री संगै झुमे । बद्रीले झ्याउरे, ससुराली लगायतका गीतहरु संगै दोहोरी समेत गाएका थिए ।

 

महोत्सवमा बद्री पंगेनी संगै चोलेन्द्र पौडेल, रामजी पौडेल, तुलसा क्षेत्री, सरीता सारु मगर, नेत्र खड्का, सुनिता नेपाली र हाँस्य कलाकार पवन खतिवडा ९म्याकुरी० को प्रस्तुतीमार्फत दर्शकहरुले मनोरन्जन लिए । त्यसैगरी सांझको लाइभ कन्सर्ट तर्फ कबवेवको प्रस्तुतीमा युवाहरु झुमे ।

 

महोत्सवको आठाौं दिनसम्म आइपुग्दा महोत्सवमा दर्शकहरुमो उल्लेख्य सहभागिता जनाए । 

 

महोत्सवमा दर्शकको उपस्थितीसंगै महोत्सवमा राखिएका स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार भएको महोत्स्व अर्थ तथा स्टल ब्यवस्थापन उपसमिति संयोजक जयराम आचार्यले जानकारी दिए ।

 

महोत्सवको नवौं दिन आज भने लोकदोहोरीतर्फ श्याम राना, प्रजापति पराजुली, चोलेन्द्र पौडेल, शरला पाण्डे, इब्सल सन्ज्याल, कृष्ण सुवेदी, तुलसा क्षेत्री, जगत गौडेल, मधु थापा मगर र हाँस्य ब्यंग्यतर्फ पुर्खे बाको प्रस्तुती रहने महोत्सव कलाकार व्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए । 

 

त्यसैगरी साँझको लाइभ कन्सर्टतर्फ रक हेड्सको प्रस्तुती रहने समेत संयोजक तिमिल्सिनाले जानकारी दिए ।

 

त्यसैगरी महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको दोश्रो दिन बिहीबार  कास्की मोडनाइज्ड स्कुल, बाल कल्याण बीचको प्रीतस्पर्धामा कास्की मोर्डनाइज्ड फाइनलमा प्रवेश गरेको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्