चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा दोहोरिए न्यौपाने

स्याङ्जा | माघ ६, २०८१

चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा दोहोरिए न्यौपाने

स्याङ्जा:  चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने दोस्रो पटक चयन भएका छन् ।
 

चौथौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानै सर्वसम्मत चुनिदै अध्यक्ष्मा दोहोरिएका हुन् ।

 

न्यौपाने नेतृत्वको सो समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ, महिला उपाध्यक्षमा पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँड र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ चुनिए । 

 

यस्तै सदस्यहरुमा उमराज गुरुङ (राज), भिमनारायण कोइराला, श्याम बिक, भानबहादुर कुमाल, सूर्य गोतामे, गोपबहादुर बिक, अर्जुन रेग्मी, चुरामणी अर्याल र श्याम गुरुङ चयन भए । 

 

यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले सबै क्षेत्रका व्यवसायीहरु उपभोक्तामुखी हुनुपर्ने धारणा राखे । 

 

उनले व्यवसाय नाफामुखीमात्र नभएर उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडाध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), उपाध्यक्ष पुष्पा अर्याल  लगायतले बोलेका थिए ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्