चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा दोहोरिए न्यौपाने

स्याङ्जा | माघ ६, २०८१

चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा दोहोरिए न्यौपाने

स्याङ्जा:  चेम्बर अफ कमर्स वालिङको अध्यक्षमा प्रकाश न्यौपाने दोस्रो पटक चयन भएका छन् ।
 

चौथौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट न्यौपानै सर्वसम्मत चुनिदै अध्यक्ष्मा दोहोरिएका हुन् ।

 

न्यौपाने नेतृत्वको सो समितिको वरिष्ठ उपाध्यक्षमा मणिप्रसाद पंगेनी, उपाध्यक्षमा वीरबहादुर गुरुङ, महिला उपाध्यक्षमा पुष्पा अर्याल, महासचिवमा गणेश राउत, सचिवमा जंगबहादुर गुरुङ, कोषाध्यक्षमा किरण खाँड र सहकोषाध्यक्षमा सिर्जना श्रेष्ठ चुनिए । 

 

यस्तै सदस्यहरुमा उमराज गुरुङ (राज), भिमनारायण कोइराला, श्याम बिक, भानबहादुर कुमाल, सूर्य गोतामे, गोपबहादुर बिक, अर्जुन रेग्मी, चुरामणी अर्याल र श्याम गुरुङ चयन भए । 

 

यसअघि उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथिसमेत रहेका वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँडले सबै क्षेत्रका व्यवसायीहरु उपभोक्तामुखी हुनुपर्ने धारणा राखे । 

 

उनले व्यवसाय नाफामुखीमात्र नभएर उपभोक्तामैत्री हुनुपर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा चेम्बर अफ कमर्स स्याङ्जाका अध्यक्ष लोकनाथ रेग्मी, वडाध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत), उपाध्यक्ष पुष्पा अर्याल  लगायतले बोलेका थिए ।
 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्