‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडाैं | साउन १३, २०७९

‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

 

काठमाडौँ:    माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने  भन्ने चिन्तामा छन् ।  अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही बालबालिकाको रुचिअनुसारको विषय अध्यापन गराउने तयारीमा छन् ।

 

जोशीपुरका दिपीका ढुङ्गानाकी छोरी एसइई उत्र्तीण हुनुभयो । उहाँ छोरीको रुचि र क्षमताअनुसारको विषय अध्यापन गराउनेमा तयार हुनुहुन्छ । “छोरी ३ जिपिए ल्याएर उत्तीर्ण भएकी छिन्, उनले पहिला राम्रो विषय अध्ययन गर्नु भनेकी थिइन् तर अहिले नतिजा खासै राम्रो आएन, सक्दिनकी भन्न थालेकी छिन्’’, उहाँ भन्नुहुन्छ, ‘‘बच्चालाई अनावश्यक दबाब दिनुभन्दा उहाँले सक्ने र रुचि भएको विषय छनोट गर्न भनेका छौँ । शिक्षकसँग पनि परामर्श लिइरहेका छौँ ।’’

 

लम्कीचुहा नगरपालिकाका लोकबहादुर देउवाकी भतिजी पनि यस वर्षको एसइईमा उत्र्तीण हुनुभएको छ । देउवाको परिवार छोरीको नतिजापछि कुन विषय पठाउने भन्नेबारे छलफलमा छन् । ‘‘हामी छोरीको नतिजापछि हिजोमात्रै छलफलमा बस्यौँ, छोरीको रुचिबारे छलफल भयो,  उनलाई विषय छनोट र त्यसका फाइदाबारे समेत जानकारी दिने काम गरेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘छोरीको रुचिसँगै उनको भविष्य कसरी सुरक्षित गराउन सकिन्छ भन्नेबारे पनि हामी सचेत छौँ ।’’

 

देउवा परिपक्क नभएका बालबालिका कहिलेकाहीँ सही विषय छनोट गर्न नसक्ने भएकाले बालबालिकलाई परिवार र शिक्षकले विषय छनोटमा सघाउनुपर्ने बताउनुहुन्छ । ‘‘हामीले छोरीलाई दबाब होइन सही सल्लाह भने दिनुपर्छ’’, उहाँ भन्नुहुन्छ ।

 

टीकापुरका सरोज चौधरी यसवर्ष एसइई उत्र्तीण हुनुभएको छ । यसअघि विज्ञान विषय पढ्ने तयारीमा रहेका सरोज राम्रो नतिजा नआएपछि भने अन्योलमा हुनुहुन्छ । ‘‘विज्ञान पढ्ने र पछि डाक्टर पढ्ने सोचमा थिएँ, तर एसइईमा राम्रो नजिता ल्याउन सकिएन’’, उहाँ भन्नुहुन्छ, ‘‘परिवारले विज्ञान विषय नै पढ्न भनेका छन्, शिक्षकले भने व्यवस्थापन विषय पढ्न सल्लाह दिनुभएको छ । म भने अन्योलमा छु ।’’

 

कैलालीकै नन्दा विक पनि यस्तै समस्यामा हुनुहुन्छ । उहाँलाई शिक्षातर्फ अङ्ग्रेजी पढ्न मन छ । उहाँको परिवारले अनिवार्य विज्ञान पढ्न भनेको छ । ‘‘मलाई विज्ञान पढ्न मनै छैन, नजिता आएको दिनदेखि मलाई खुसीभन्दा तनाव छ’’, उहाँले भन्नुहुन्छ, ‘‘बुबाआमाले विज्ञान पढेमा पछि धेरै बाटा खुल्ने बताउनुहुन्छ । मलाई चाँही अंग्रेजीमै रुचि छ । अभिभावक फकाउने काममा लागेकी छु ।’’

 

अभिभावक पनि बालबालिका परिपक्व नभएकाले विषय छनोट गर्दा ध्यान नदिन सक्छन् भन्नेमा सचेत हुन आवश्यक छ । बालबालिकाले उनीहरुको क्षमता र मन लागेको विषय पढाउने विषयमा शिक्षकसँग छलफल गरेर पठाउनु आवश्यक छ । अभिभावक प्रेम रेग्मी कतिपय बालबालिका आफ्ना पुराना साथीसँगै पढ्न चाहने भएकाले समस्या हुने गरेको बताउनुहुन्छ । 

 

‘‘बालबालिका रुचि, क्षमताभन्दा साथी नछुटुन भन्ने चाहन्छन्, उनीहरु सबै एउटै विषय पढौँ भनेर निर्णय लगिदिन्छन्’’, उहाँ भन्नुहुन्छ, ‘‘यस्तो बेला अभिभावकले सही मार्ग देखाउन आवश्यक छ ।’’

 

खड्ग स्मृति मावि टीकापुरका प्रधानाध्यापक केशरबहादुर रावल बालबालिकालाई एसइई परीक्षापछि पढ्ने विषयमा अभिभावक र विद्यार्थीसँग छलफल गर्ने गरिएको, बालबालिकाको क्षमता र रुचिमा अभिभावकलाई नदिन आग्रह गर्ने गरिएको बताउनुहुन्छ । ‘‘हामीलाई विद्यार्थीको क्षमता कति छ थाहा हुन्छ, उसको क्षमताअनुसारको विषय पढ्न सल्लाह दिने गरेका छौँ, अभिभावकलाई बोलाएर समेत छलफल गरिरहेका छौँ’’, उहाँ भन्नुहुन्छ, ‘‘रुचि बिनाको र क्षमता बिनाको विषय पढ्न लगाउँदा बालबालिकाको भविष्य बिग्रन सक्छ । यसमा अभिभावक जिम्मेवार बन्नुपर्छ । बालबालिकाको क्षमता छैन तर विज्ञान पढ्न दबाब दिने, व्यवस्थापन पढ्न दबाब दिने अभिभावक धेरै छन् । उनीहरुलाई सम्झाउने गरेका छौँ ।’’ 

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्