दाङमा कुलोमा डुबेर एकको मृत्यु
दाङ | साउन १३, २०७९
दाङ: दाङमा कुलोमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–२ पोटलीका २६ वर्षीय नरेश चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बखतबहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार यसअघि पनि चौधरी विभिन्न रोगले ग्रसित भएको र त्यही कारणले कुलोमा डुबेर मृत्यु भएको हो । उनको आज बिहान ९ बजेतिर कुलोमा डुबेर मृत्यु भएको हो । चौधरीको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

