बागलुङ कारागारमा पुस्तकालय
बाग्लुङ | साउन १४, २०७९
तस्बिर साभार
बागलुङ कारागारमा नेपाल लाइब्रेरी फाउण्डेसन र अन्तर्राष्ट्रिय बागलुङ समाज मिलेर पुस्तकालय स्थापना गराएका छन् ।
गण्डकी प्रदेशका पर्यटन मन्त्री मणीभन्द्र शर्मा कंडेलले शुक्रबार एक कार्यक्रमका बीच पुस्तकालयको शुभारम्भ गरे । मन्त्री कंडेलले कारागारमा बस्ने कैदीबन्दीलाई सुधार्ने लक्ष्यले पुस्तकालय स्थापना भएको बताए ।
पुस्तक पढेर कैदीबन्दीले मानव जीवन सुधारको बाटो खोज्नुपर्नेमा उनेको जोड छ । कार्यक्रममा नेपाल लाइब्रेरी फाउण्डेसनका महासचिव धनकुमार श्रेष्ठले अब हरेक नागरिकले पढ्ने लेख्ने अधिकार पाउनुपर्ने भन्दै पुस्तकालयको प्रयोगले आफ्नो क्षमता बढाएर जेल पछिको जीवन सहज बनाउन आग्रह पनि गरे । उक्त कार्यक्रममा सहभागि भएका अन्तराष्ट्रिय बागलुङ समाजका अध्यक्ष रमेश भट्टले कारागारहरु अब सजाय गृह नभइ सुधार गृह बन्नुपर्ने बताए । उनले परिबन्धले परेकाहरुले पनि आफूलाई संहालेर अध्ययनशिल बनाउन आग्रह गरे ।
जेल जीवन बिताएर घर फर्केपछि आफ्नो क्षमता बढाएर कृषि कर्म गर्नेदेखि अन्य क्रियाकलाप गर्न सकुन भनेर सोही प्रकृतिका ७ सय पुस्तकसहितको पुस्तकालय बनाइएको उनले जानकारी दिए । बागलुङ कारागारमा ५० जनाको क्षमता भएको पुरुष खाना तर्फ १ सय ६२ जना र २० जनाको क्षमता भएको महिला खाना तर्फ ९ जना महिला र २ बालक गरी ११ जना रहेका छन् । फाउण्डेसनले भने पुस्तकालयको क्षमता बढाएर लैजाने लक्ष्य समेत बनाएको बताइएको छ ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

