टाइगर कपमा नेपाल पुलिस क्लब पहिलोपटक च्याम्पियन
पाेखरा | माघ २०, २०८१
पोखरा: एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल च्याम्पियनसिपमा पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
फाइनल खेलमा गण्डकी प्रदेशलाई ३–१ सेटले हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।
पुलिसले २५–२३, २५–२१, २०–२५ र २५–२२ को सेटमा गण्डकीलाई हरायो ।
यसअघि महिला तर्फ एपीएफ क्लबलाई आयोजक टाइगर गु्रप अफ नेपालले फाइनलमा हराउँदै च्याम्पियन बनेको छ ।
प्रतियोगिता गत १२ गतेदेखि सञ्चालन भएको थियो ।
पोखरा: पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

