पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा, ३ हजार बढी धावक सहभागी हुने
रन फर रनमा करिव ७ हजार बढीको सहभागिता
पाेखरा | फागुन १, २०८१
पोखरा: १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी पूरा भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले आज पत्रकार सम्मेलन गर्दै म्याराथनको तयारी पूरा भएको जानकारी दिएको हो ।
फागनु ३ गते हुने १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन विभिन्न विधामा करिव ३ हजार बढी धावकको सहभागिता हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन पुरुषतर्फ २१ देशका ८० विदेशी धावकसहित १ सय ५० जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको छ ।
यस्तै महिला हाफ म्याराथनमा १० देशका ४० धावक, हाफ म्याराथन पुरुषतर्फ १० विदेशी धावकसहित १ सय १० जनाको सहभागिता रहनेछन् ।
यस्तै १० किलोमिटर पुरुषतर्फ ११ देशका २ सय ११ धावक, १० किलोमिटर महिलातर्फ ११ देशका १ सय ९ जना धावक, भेन्ट्रान्स ५० वर्ष माथि ५ किलोमिटरतर्फ पुरुष÷महिला गरी ६० जना धावक र ५ किलोमिटर छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना धावकको सहभागिता रहनेछन् ।
यस्तै रन फर रनमा करिव ७ हजार जनाको सहभागिता रहने नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने मञ्चले जनाएको छ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन् । जसमा सान्त्वना स्वरुप चौंथोले ३० हजार, पाँचौंले २५ हजार, छैटौंले २० हजार, सातौंले १५ हजार र आठौंले १० हजार रुपैयाँ पाउनेछन् ।
मञ्चले पा्खरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला÷ पुरुष ह्विलचियर तथा दृष्टिविहिन दौड प्रतियोगिता सम्पन्न गरि सकेको छ ।
मञ्चले प्रतियोगितामा मात्र कुल २१ लाख ३४ हजार रुपैयाँ खर्च हुने जानकारी दिएको छ । म्याराथनमा कुल १ करोड ८९ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...

