शनिबार रिहा गर्ने भनिएका छमध्ये दुई इजरायली बन्धक रिहा
काठमाडाैं | फागुन १०, २०८१
काठमाडौं: प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन्।
इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ।
गत जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो ।
युद्धविरामको पहिलो चरण अन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।
लडाकूहरूले शनिबार रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगीसोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।
प्यालेस्टिनी लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौं बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो।
मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई मुक्त गरिनेछ । हमासका एक स्रोतले एएफपीलाई बताएअनुसार इस्लामिक समूह हमासले मध्य गाजाको नुसिरातबाट चार जना बन्धकहरूलाई पनि शनिबार नै रिहा गर्नेछ ।
इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

