बगनासकाली ५: सातै दिन सेवा दिने एजेण्डा सहित चुुनावी मैदानमा ‘धिरज’
पाल्पा | बैशाख १५, २०७९

पाल्पाः बगनासकाली गाउँपालिका ५ को वडा अध्यक्ष पदमा नेपाली कांग्रेसबाट धिरज गाहा मगरले उम्मेदवारी दिएका छन् ।
आम नागरिकलाई सातै दिन सेवा प्रवाह गराउने एजेण्डा सहित युवा नेता धिरज गाहामगर चुुनावी मैदानमा होमिएका हुन् ।
‘वडाबाट दिईने सेवाहरु सातै दिन दिने मेरो पहिलो एजेण्डा हो, गाहामगरले सुनगाभा न्यूजसँग कुरा गर्दै भने, ‘किनभने सेवाग्राहीले चाँहेजस्तो सेवा लिन नपाएको विगत छ । त्यसैले मैले जितेको खण्डमा सातै दिन सेवा दिने प्रण गर्दछु । हुनत अहिले विकासको कुरा गर्नु औचित्य देखिदैन । त्यो दास्रो कुरा हो ।’
उनले वडामा हुने बेथितीको विरुद्धमा नागरिकमैत्री काम गर्नको लागि आफ्नो उम्मेदवारी दिएको समेत बताए ।
‘अब नेतृत्वमा युवाहरु पनि आउँनुपर्छ भन्ने सबैको मान्यता छ । हामीहरु बेथितीको विरुद्धमा जहिल्यै उभिएका छौ । त्यसैले सबै अस्तव्यस्त कुराहरुलाई ठीक पार्न र आम नागरिकलाई समान किसिमको सेवा प्रवाह गर्न नै मेरो नेतृत्वमा टिम अगाडी बढेका छौ ।’
उनले चुनावी प्रचारप्रसार अभियान तिन चरणमा गर्ने जानकारी दिए । गाहामगरका अनुसार पहिलो चरणमा स्थानीय क्षेत्रमा सामान्य रुपमा भेटघाट हुनेछ ।
दास्रो चरणमा वडा सभापति, स्थानीय नेताहरुको उपस्थितिमा उम्मेदवारी टोलीले एजेण्डा सहित घरदैलोमा गर्नेछ । भने अन्तिम चरणमा जिल्ला र प्रदेश स्तरीय नेताको उपस्थितिमा निश्चित स्थानमा चुनावी सभा आयोजना हुनेछ ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका गाहा मगर पेशाले शिक्षक हुन् ।
उदीयमान युवा नेताको रुपमा रहेका ३० वर्षिया उनलाई भोट दिन स्थानियको पनि आग्रह छ । ‘अब नेतृत्वमा युवाहरु नै आउँनुपर्छ । पुरातन सोच भएकाहरुले विकास र नागरिकमैत्री सेवा दिन सक्दैनन्, स्थानीय मनबहादुर गाहामगर भन्छन्, ‘पंखा मुनी बस्दा निमोनिया लाग्नेहरुले वडाको विकास गर्न सक्दैनन् । त्यसैले नेतृत्वमा युवाको बाहेक अरुको विकल्प छैन । त्यसैले युवाहरुलाई नै भोट दिनुुहुन मेरो अपिल छ ।’
उक्त वडाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी एमोलेबाट ओमप्रकाश गैरे र नेशनल मंगोल अर्गनाइजेशनबाट दिपक खाम्चामगरले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
काभ्रेपलाञ्चोक: गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठ...
काठमाडौं: जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष नेपालमा ३१ जनाको मृत्यु भएको छ। नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै रहेको स्वास्थ्...