मादी: फागुन २७ देखि खुल्ला वडास्तरीय भलिबल प्रतियोगिता, उपाधि राशी २ लाख
पाेखरा | फागुन १८, २०८१
पोखरा: कास्की मादी गाउँपालिकाले पालिका स्थापना दिवसको अवसरमा फागुन २७ देखि २९ गतेसम्म खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
मादी गाउँपालिकाले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पालिका स्थापना दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रमको बारेमा जानकारी दिएको हो ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले कार्यपालिकाको निर्णय अनुसार पालिका स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाउन लागेको बताए ।
‘पालिकाको पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार साथै संस्कृति आदानप्रदान गर्ने हेतुले माघ १५ गते बसेको बैठकले पालिका स्थापना दिवसको अवसरमा दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता आयोजना गर्दै छौं, अध्यक्ष गुरुङले भने, ‘दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिता फागुन २७ देखि २९ गतेसम्म मादी गाउँपालिका–३ याङ्जाकोटमा सञ्चालन गर्दै छौं ।’
अध्यक्ष गुरुङले पहिलो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता पालिकास्तरीय भएपनि दोस्रो संस्करणमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि विजेताले २ लाख,उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार रहेको पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

