चैत्र पहिलो साता ‘गाउँशहर दोहोरीको वार्षिकोत्सव’
पाेखरा | फागुन २५, २०८१
पोखरा: आगामी चैत्र १ गतेदेखि ५ गतेसम्म पोखरा महानगरपालिका ४ चिप्लेढुंगास्थित आरके बिल्डिङमा सञ्चालित ए वान गाउँशहर दोहोरी साँझ एण्ड रेष्टुरेन्ट प्रालिले पाँचौ वार्षिकोत्सवको आयोजना गर्ने भएको छ ।
लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित सञ्चालित दोहोरी साँझले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव आयोजना गर्न लागिएको सञ्चालक शिव गुरुङले जानकारी दिए ।
उनका अनुसार ५ दिन सञ्चालन हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन हुनेछ ।
विविध सांस्कृतिक कार्यक्रममा गायक कृष्ण सुवेदी, कृष्ण गुरुङ, ज्योती लोहनी, सरुन गुरुङ, रमा राना, शोभा परियार, केश बहादुर गुरुङ, निता गुरुङ, ममता गुरुङ, भानु पौडेल, उमेश अधिकारी, सिम्रन, रश्मी सुनार, आँचल थापा, मनिष गायक र ममता सुनारको बेजोड प्रस्तुती रहने गाँशहर दोहोरी साँझले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

