सुरक्षा घेरामा मणिपाल,  कर्मचारी तह लगाउन बोलाइयो ‘बाउन्सर’

पाेखरा | साउन १८, २०७९

सुरक्षा घेरामा मणिपाल,  कर्मचारी तह लगाउन बोलाइयो ‘बाउन्सर’

 

पोखरा ।  मणिपाल शिक्षण अस्पतालमा कार्यरत कर्मचारीले श्रम ऐन २०७४ अनुसार तलबसहितको सेवा सुविधा मागेपछि अस्पताल व्यवस्थापन समितिले नीजि सुरक्षा गार्ड (बाउन्सर) अस्पताल परिसरमा तैनाथ गरेको छ ।

 

अस्वाभाविकरुपमा बाउन्सरसहित नेपाल प्रहरीको टोलीलाई अस्पताल परिसर र भित्रै परिचालित गरेपछि बिरामीको मानसिकतामा असर परेको र अस्पतालको वातावरणमै प्रभाव परेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपाल इकाईका अध्यक्ष अमृत पौडेलले बताए ।

 

‘अहिले यहाँ सेक्युरिटी लेखेको अपरिचित मान्छेहरु आएका छन् । अस्पताल भित्रै पनि गएर मेसमै खाना पनि खाए । र प्रहरीको फुल टाइमै मणिपाल हो भन्ने जस्तो गरेर ठुलो जत्था नै तैनाथ गरिएको छ, उनले भने, ‘प्रहरीलाई सुरक्षाको लागि भनेर कन्सिडर गर्न सकिन्छ । तर हामीले कुनै कार्यक्रम नै नगरि आउनु अस्वाभाविक हो । र त्यसमाथि बाउन्सर नै आउनु भनेको त श्रम ऐनमा उल्लेख भएको कानूनी प्रावधान मान्न पाउन्नस्, बोल्न पाउन्नस् भन्ने नै हो । हामीले अप्रत्यक्षरुपमा त्यो अभिव्यक्ति बुझेका छौं ।’

 

श्रम ऐनले परिच्छेद ३६ मा कर्मचारीले एक वर्ष कार्यावधि पार गरेको खण्डमा ग्रेड अनुसार वार्षिक तलब वृद्धि पाउने र हरेक दुई वर्षमा सेवासुविधाको दायरा फराकिलो बनाउनुपर्ने व्यवस्था गरेको छ ।

 

सोही अनुरुप गत शुक्रबार अस्पताल व्यवस्थापन समिति र कर्मचारीहरुको संगठनबीच तलब वृद्धि र सेवा सुविधाको बारेमा छलफल भएको पौडेलले बताए । द्विपक्षीय वार्ता व्यवस्थापन समितिको टोलीले कर्मचारीको माग अस्वीकार गरेपछि छलफल निष्कर्षविहिन टुङ्गिएको थियो ।

 

त्यसपछि केही दिनपछि बाउन्सरसहितको नेपाल प्रहरी अस्पताल परिसर र भित्रै  परिचालित गरिएको पौडेलले बताए । ‘यस्तो एकपटक पहिला पनि भएको थियो । फेरि अहिले करिब १२/१५ वर्षपछि इतिहास दोहोरियो र फेरि भविष्यमा पनि दोहोरियो भने यसले राम्रो गर्दैन, उनले भने, ‘किनभने कर्मचारीको सुरक्षाको ग्यारेण्टी कसले लिने ? अस्पताल जस्तो संवेदनशिल संस्थामा म काम गर्दा, ट्वाइलेट जाँदा सुरक्षित छु कि छैन भन्ने कुरा व्यवस्थापनले सोच्नुपर्ने होइन?, के गर्दा संस्था राम्रो हुन्छ भन्ने त व्यवस्थापनले सोच्न पर्याे नी ? पौडेलको प्रश्न छ ।

 

कर्मचारी संगठन र व्यवस्थापनको समझदारी अनुसार तलब तथा सेवा सुविधाको वृद्धि गर्नुपर्ने ऐनले व्यवस्था गरेको छ ।

 

सोही अनुरुप वार्ताको क्रममा व्यवस्थापनले तलब वृद्धि नहुने अडान लिएको बताउदै पौडेलले भने, ‘हामीले ऐन अन्तर्गतकै २/२ वर्षमा तलब वृद्धि गर्ने प्रावधान अनुसार नै माग पेश गरेका थियौ । त्यसमा दुई पक्षनै बसेर अन्तिममा गएर टुङ्गिने हो । कहिले २ जना बसेर नि हुन्छ कहिले मध्यस्तकर्ता सिडिओ कार्यालय अथवा श्रम विभागपनि जान्छ, उनले भने, ‘तिमिहरुको तलब वृद्धि चाँही हुदैन । र ऐनमै नभएको कुरा र कहि प्राक्टिसमै नभएको कुरा गर्दाचाही यो खैलाबैला निस्किएको हो ।’

 

हाल मणिपाल शिक्षण अस्पतालमा ५ सय ७३ जना ननटिचिङ डाक्टरहरु १ सय बढी डाक्टरहरु कार्यरत छन् ।

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्

कञ्चनपुरः  बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

थप पढ्नुहोस्