ब्याड्मिन्टन प्रतियोगिताको तयारी पुरा
पाेखरा | साउन १८, २०७९
कास्की । ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा ‘सफल व्यवसायीका लागि स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने मुल नारासहित आगामी साउन २० गतेबाट पोखरामा हुने तेस्रो प्रदेश स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा भएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेश, कास्की जिल्ला र पोखरा महानगर कमिटीको संयुक्त आयोजना र जिल्ला ब्याडमिन्टन संघको सहकार्यमा आयोजना हुने प्रतियोगिता सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले जानकारी दिए ।
उनका अनुसार पोखरा रंगशालास्थित व्याड्मिन्टन कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश स्तरीय खुला मेन्स डबल्स र भेट्रान्सका खेल समावेश गरिएको छ ।
दुवै इभेन्टतर्फ प्रथमलाई नगद ३५ हजार, द्वितीयलाई नगद २५ हजार र तृतीयलाई १० हजारसहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने कोइरालाले बताए । उनका अनुसार प्रतियोगिताका खेल साउन २० र २१ गते चल्नेछ ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

