उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने
काठमाडाैं | चैत १४, २०८१
काठमाडौं: उत्तर कोरियाले सन् २०२५ मा थप तीन हजार सैनिक रुसमा पठाएको र मस्कोलाई किएभसँग लड्न सहयोग पुर्याउन क्षेप्यास्त्र, तोपखाना र गोलाबारुद आपूर्ति गरिरहेको दक्षिण कोरियालीसेनाले बिहीबार जनाएको छ ।
सन् २०२२ मा मस्कोले युक्रेनमाथि गरेको आक्रमणपछि परम्परागत मित्र राष्ट्र रुस र उत्तर कोरिया नजिकिएका छन् र सियोलले नेता किम जोङ उनले मस्कोलाई सहयोग गर्न हजारौं सैनिक र हतियारका कन्टेनरहरू पठाएको बताउनुभएको छ ।
मस्को र प्योङयाङ दुवैले सैनिक तैनाथीको औपचारिक पुष्टि गरेका छैनन् तर गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको दुर्लभ भ्रमण गर्दा दुई देशले पारस्परिक प्रतिरक्षासम्बन्धी धारासहित व्यापक सैन्य सम्झौतामा हस्ताक्षर गरेका थिए ।
दक्षिण कोरियाका सेना प्रमुखले भन्नुभयो, “जनवरी र फेब्रुअरीको बीचमा थप तीन हजार सैनिकलाई सुदृढीकरणको रुपमा पठाइएको अनुमान गरिएको छ ।”
रुसमा पठाइएको उत्तर कोरियाली सेनाको प्रारम्भिक ११ हजार सैनिकमध्ये चार हजार मारिएको वा घाइते भएको अनुमान गरिएको छ ।
“जनशक्तिका अतिरिक्त उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदको आपूर्ति जारी राखेको छ,” जेसीएसको प्रतिवेदनमा भनिएको छ।
“अहिलेसम्म उत्तर कोरियाले महत्वपूर्ण मात्रामा छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र, १७० एमएम सेल्फ प्रोपेल्ड गन र २४० एमएम मल्टिपल रकेट लञ्चरका करिब २२० युनिट उपलब्ध गराएको आँकलन गरिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
यसले चेतावनी दिएको छ, “युद्धभूमिको स्थितिको आधारमा यो सङ्ख्या बढ्न सक्छ ।”
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै उत्तर कोरियाले गत वर्ष ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियाले युक्रेनविरुद्ध प्रयोग गर्ने रुसमा निर्यातका लागि हतियारको परीक्षण गर्न सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

