विश्व आदिबासी दिवसमा तमु धिं नेपालले शैक्षिक अनुशिक्षण कार्यक्रम गर्ने
पाेखरा | साउन १९, २०७९
२८ औं विश्व आदिवासी दिवस (९ अगष्ट) साउन २४ गते तमु धिं नेपालले यस वर्ष एसईई तमु विद्यार्थीहरुलाई बधाई एवम शैक्षिक अनुशिक्षण कार्यक्रम गरी मनाउने भएको छ।
आदिवासी दिवसलाई सिर्जनात्मक ढंगले मनाउनुपर्छ भन्ने मान्यताका अनुसार तमु विद्यार्थीहरुलाई उच्च शिक्षातर्फ प्रोत्साहन र अभिभावकहरुलाई समेत शिक्षाको महत्वका बारेमा प्रशिक्षित गर्नु पर्ने आवाश्यक भएकाले तमु धिं नेपालले बधाई एवम् शैक्षिक मार्गनिर्देशन हुने गरी कार्यक्रम गर्ने भएको हो।
अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई कार्य गर्न सन् १९९३ अगष्ट ९ देखि बाध्य बनाएको महत्वको दिवसमा चेतना अभिवृद्धि गर्ने शिक्षा सम्बन्धी कार्यक्रम गर्ने तमु धिं नेपालले जनाएको छ।
“तमुहरुको शैक्षिक अवस्था र अबको शिक्षा” विषयक अनुशिक्षण कार्यक्रममा विद्यार्थीसँगै अभिभावकलाई समेत कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको बताइएको छ। शिक्षा नै विकास र अधिकारको मुल जड भएकाले आदिवासी जनजातिका लागि अत्यन्तै महत्व राख्ने विश्व आदिवासी दिवस नाचगान र र्यालीमा सिमिति नराखी ज्ञान, सिप आर्जन गर्ने पर्वको रुपमा अघि बढाउनुपर्ने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बतउनुभयो।
तमुहरुलाई शैक्षिक जागरण एवम् प्रोत्साहनमुलक कार्यक्रममा युवा, विद्यार्थी र अभिभावकहरुलाई सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

