विश्व आदिबासी दिवसमा तमु धिं नेपालले शैक्षिक अनुशिक्षण कार्यक्रम गर्ने

पाेखरा | साउन १९, २०७९

विश्व आदिबासी दिवसमा तमु धिं नेपालले शैक्षिक अनुशिक्षण कार्यक्रम गर्ने

 

२८ औं विश्व आदिवासी दिवस (९ अगष्ट) साउन २४ गते तमु धिं नेपालले यस वर्ष एसईई तमु विद्यार्थीहरुलाई बधाई एवम शैक्षिक अनुशिक्षण कार्यक्रम गरी मनाउने भएको छ।

 

आदिवासी दिवसलाई सिर्जनात्मक ढंगले मनाउनुपर्छ भन्ने मान्यताका अनुसार तमु विद्यार्थीहरुलाई उच्च शिक्षातर्फ प्रोत्साहन र अभिभावकहरुलाई समेत शिक्षाको महत्वका बारेमा प्रशिक्षित गर्नु पर्ने आवाश्यक भएकाले तमु धिं नेपालले बधाई एवम् शैक्षिक मार्गनिर्देशन हुने गरी कार्यक्रम गर्ने भएको हो।

 

अस्तित्व र पहिचानबाट शुरु भएको आदिवासी आन्दोलनले आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघलाई कार्य गर्न सन् १९९३ अगष्ट ९ देखि बाध्य बनाएको महत्वको दिवसमा चेतना अभिवृद्धि गर्ने शिक्षा सम्बन्धी कार्यक्रम गर्ने तमु धिं नेपालले जनाएको छ।

 

“तमुहरुको शैक्षिक अवस्था र अबको शिक्षा” विषयक अनुशिक्षण कार्यक्रममा विद्यार्थीसँगै अभिभावकलाई समेत कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले मार्गनिर्देशन गर्ने कार्यक्रम रहेको बताइएको छ। शिक्षा नै विकास र अधिकारको मुल जड भएकाले आदिवासी जनजातिका लागि अत्यन्तै महत्व राख्ने विश्व आदिवासी दिवस नाचगान र र्यालीमा सिमिति नराखी ज्ञान, सिप आर्जन गर्ने पर्वको रुपमा अघि बढाउनुपर्ने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बतउनुभयो।

तमुहरुलाई शैक्षिक जागरण एवम् प्रोत्साहनमुलक कार्यक्रममा युवा, विद्यार्थी र अभिभावकहरुलाई सहभागिताका लागि तमु धिं नेपालका अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ। 

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्