दुई वर्ष पछि पोखरामा २८ औँ विश्व आदिवासी दिवस मनाइँदै
पाेखरा | साउन २०, २०७९
२८ औँ विश्व आदिवासी दिवसको अवसरमा पोखरामा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशले भव्यताका साथ मनाउने भएको छ ।
संघले श्रावण २४ गते आ-आफ्नो जातिय मौलिक झाँकी सहित विशाल र्याली गर्ने समेत आयोजना गरेको छ । संघले पोखरामा पत्रकार सम्मेलन गरेर कोभिडका कारणले रोकिएको विगतको कार्यक्रमलाई निरन्तर दिँदै कार्यक्रम गर्न लागिएको जनाएको हो । कारोना महामारीका कारणले संघले दुई वर्षदेखि कार्यक्रम गरेको थिएन् l
पहिचान, पहुँच, प्रतिनिधीत्वर समावेशीकरणको लागि आदिबासी जनजाति आन्दोलन जाति, भाषा अमर संस्कृति संरक्षणको लागि देश व्यापी राष्ट्रिय जागरण नाराका साथ महासंघले देश व्यापी रूपमा कार्यक्रम गर्न लागेको कास्की जिल्ला अध्यक्ष मानेन्द्र कुमार मलिले बताए । चिप्लेढुंगाबाट सुरूभएको र्याली नेपाल मगर संघ कास्कीको भवनमा पुगि औपचारिक कार्यक्रम गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाती हेर्ने कार्यदलको सन १९८२ डिसेम्वरमा स्वीट्जरल्याण्डमा बसेको पहिलो बैठकबाट हरेक ९ अगष्ट लाई विश्व आदिबासी दिवसका रुपमा मनाउने निर्णय भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

