आज ६ संसदीय समितिको बैठक बस्दै

काठमाडाैं | चैत २१, २०८१

आज ६ संसदीय समितिको बैठक बस्दै

काठमाडौँ:   बिहीबार ६ संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ । 

 

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्य रहेको छ ।

 

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे नै बोलाइएको छ । बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीति सम्बन्धी आवश्यक सुझाव संकलन तथा छलफल हुनेछ । 

 

त्यस्तै, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्नेछ । बैठकमा सामाजिक परिचालिएकाहरूको व्यवस्थापन सम्बन्धको छलफल रहेको छ । 

 

त्यसै गरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका विषयमा गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतसँग छलफल हुनेछ ।

 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका विषयमा गैरसरकारी संघसंस्था, नागरिक समाज लगायतसँग छलफल हुनेछ ।  

 

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांक समिति (संयुक्त)को बैठक बिहान साढे ११ बजे बस्दैछ । बैठकमा संविधानको धारा ५३ बमोजिम सदनमा प्रस्तुत भएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन (विद्युत्, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार)का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्